१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण ९ शनिबार १९:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा, माधव नेपाल पनि सहभागी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण ९ शनिबार १९:४२:००

सत्तारुढ गठबन्धनको बैठकमा सरकारका कामलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा शनिबार साँझ बसेको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम, सत्ता सहयात्रा र गठबन्धनको आगामी रणनीतिबारे छलफल भएको छ ।

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी थिए । 


बैठकले यसअघि शनिबार बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवा र एमाले वरिष्ठ नेता नेपालसँग छुट्टाछुट्टै छलफल गरेका थिए । 

प्रधानमन्त्री देउवाले कांग्रेस र माओवादीबाट दुई–दुईजना मन्त्री बनाएका छन् । जनमोर्चाले सरकारमा सहभागी नहुने निर्णय गरिसकेको छ । जसपाले पार्टी विवाद टुंगिएपछि मन्त्री छान्ने बताएको छ भने एमालेको नेपाल पक्षले सरकारमा सहभागी हुने नहुनेबारे निर्णय गरिसकेको छैन ।