मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी बेइजिङ
२०७८ श्रावण ८ शुक्रबार १५:२६:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

तीन दशकपछि चिनियाँ राष्ट्रपतिद्वारा तिब्बत भ्रमण

Read Time : < 1 मिनेट
एजेन्सी बेइजिङ
२०७८ श्रावण ८ शुक्रबार १५:२६:००

चिनियाँ राष्ट्रपति सी जिनपिङले तिब्बतको भ्रमण गरेका छन्। चीनले निकै संवेदनशील रूपमा लिएको तिब्बतमा तीन दशकपछि राष्ट्रपतिले भ्रमण गरेका हुन्।

यसअघि राष्ट्रपति सीले उपराष्ट्रपति हुँदा सन् २०११ मा तिब्बत भ्रमण गरेका थिए। सन् १९९० मा तत्कालीन राष्ट्रपति जियाङ जेमिनले तिब्बतको भ्रमण गरेपछि हालसम्म कुनै राष्ट्रपतिले तिब्बतको भ्रमण गरेका थिएनन्।

राष्ट्रपति सी बिहीबार तिब्बत पुगेकाे चीनको सरकारी समाचार संस्था सिन्ह्वालाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उनले भारतको पूर्वीराज्य अरुणाञ्चलनिकटको न्यिङ्ची सहरको भ्रमण गरेकाे बताइएको छ।

सीमा क्षेत्रमा रहेको तिब्बतको ल्हासा र न्यिङ्ची जोड्ने बुलेट ट्रेनमार्ग सञ्चालनमा आएको एक महिनापछि उनी यहाँ पुगेका हुन्। तीन दशकपछि भएको यो भ्रमणलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।