मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी नयाँ दिल्ली
२०७८ श्रावण ७ बिहीबार १५:४९:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतमा ४५ हजारभन्दा बढीमा कालो ढुसी संक्रमण, चार हजारभन्दा बढीको मृत्यु

Read Time : < 1 मिनेट
एजेन्सी नयाँ दिल्ली
२०७८ श्रावण ७ बिहीबार १५:४९:००

कोरोना महामारीपछि भारतमा कालो ढुसी (म्युकोरमाइकोसिस) संक्रमितको संख्या बढ्न थालेको छ। यहाँको संघीय स्वास्थ्य मन्त्रालयका अनुसार ४५ हजार तीन सय ७४ जनामा कालो ढुसी संक्रमण हुँदा चार हजार तीन सय ३२ संक्रमितको मृत्यु भएको छ।

बिहीबार राज्यसभामा कालो ढुसी रोगको विषयमा उठेका प्रश्नहरूको जवाफ दिँदै स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री डा. भारती प्रवीण पवारले यस्तो जानकारी दिएकी हुन्। पछिल्ला दिनहरूमा कालो ढुसी संक्रमणको दर घटिरहेको उनको दाबी छ। यद्यपि, बितेका वर्षको तुलनामा संक्रमित हुनेको यो संख्या निकै ठूलो हो।

कालो ढुसी फंगल इन्फेक्सन (ढुसीको संक्रमण)का कारण हुने स्वास्थ्य जटिलता हो। कालो ढुसीको बीजाणुको सम्पर्कमा आउनेहरूमा यो रोगको संक्रमण हुन सक्छ।

कोरोना भाइरस संक्रमणबाट मुक्त भएका वा संक्रमणमुक्त हुने क्रममा रहेकाहरूमा कालो ढुसीको संक्रमण हुने सम्भावना प्रबल रहेको बताइएको छ। चिकित्सकहरूका अनुसार मधुमेहको समस्या भएका वा प्रतिरक्षा प्रणाली कमजोर रहेकाहरूले यसको संक्रमणबाट बच्न विशेष सावधानी अपनाउनुपर्ने हुन्छ।