१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७८ श्रावण ७ बिहीबार ११:५४:००
Read Time : > 1 मिनेट
Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७८ श्रावण ७ बिहीबार ११:५४:००

एक व्यापारीलाई व्यापारमा चर्को घाटा लाग्यो । उनको व्यापार पूरै डुब्यो । व्यापार डुबेपछि उनी ऋणमा डुबे । उनी निकै निराश भए । ऋणैऋणमा डुबेको जीवनदेखि दिक्क भएर उनी एक दिन एउटा घना जंगलमा पुगे । त्यहाँको शान्त वातावरणमा उनी लामो समयसम्म एक्लै बसे । मन केही स्थिर भएपछि उनले भगवान्लाई सम्बोधन गर्दै भने– हे भगवान् ! मैले जीवनमा जहिल्यै इमानदारीपूर्वक परिश्रम गरेँ । तर, मलाई जहिल्यै असफलतासिवाय केही हात लागेन । अब त म जीवनदेखि हारिसकेँ प्रभु ! मलाई मार्गदर्शन गर्नुहोस् । 

व्यापारीको पुकार सुनेर भगवान् उनीसामु प्रकट भए । भगवान्ले नजिकै रहेको बाँसको घारी र जमिनमा रहेको बाक्लो झारघाँस देखाउँदै भने– तिमीले उः त्यो बाँस र यो घाँस देखेका छौ नि ? यी दुवैको बीज मैले एकसाथ रोपेको थिएँ । मैले दुवैको समान रेखदेख गरेँ, दुवैलाई बराबर मलजल गरेँ, समान रूपमा प्रकाश दिएँ । घाँसको बिउ छिटै अंकुरित भयो, छिटोछिटो बढ्न थाल्यो । हेर्दाहेर्दै छोटो समयमै धर्तीलाई हराभरा बनायो । तर, बाँसको बिउमा टुसासम्म उम्रेन । मैले हिम्मत नहारी लगातार उसको सेवा गरिरहेँ । 

पहिलो वर्षको मेरो परिश्रम त्यसै खेर गयो । मैले बाँसको बिउमा मलजल गरिरहेँ । दोस्रो वर्ष पनि त्यसमा कुनै प्रगति भएन । यसैगरी तेस्रो, चौथो वर्षमा पनि मेरो परिश्रमको कुनै अर्थ देखिएन । तर, निराश नभई मलजल गर्दै रहेँ । आखिरमा पाँच वर्ष बितेपछि बाँसको बिउ पनि अंकुरित भयो । मौलाएर पृथ्वीलाई नै ढाकिसकेको घाँसको तुलनामा बाँसको बिरुवा निकै सानो र कमजोर देखिन्थ्यो । तर, ६ महिनापछि बाँस एक सय फिटभन्दा बढी अग्लो भयो । मैले पाँच वर्षसम्म यति सेवा गरेको थिएँ कि उसको जरा एक सय फिटभन्दा अग्लो बाँसलाई थाम्न सक्ने गरी मजबुत भइसकेका थिए । 

त्यसैले, तिमी पनि एकपटकको व्यापार असफल भयो भनेर किन दुःखी हुन्छौ ? परिश्रमलाई निरन्तरता दिइराख, सफलता तिम्रा सामु आफैँ उपस्थित हुनेछ ।