१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण ४ सोमबार ०९:०२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेप्सेमा एकै दिन ९७ अंकको छलाङ

सबै समूहमा लगानीकर्ताको आकर्षण बढ्दा कारोबार रकम पनि बढ्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण ४ सोमबार ०९:०२:००

नयाँ आर्थिक वर्षपछिको पहिलो कारोबारका दिन नेप्सेमा करिब १ सय अंकको उछाल आएको छ । लामो करेक्सनपछि नेप्सेले उकालो यात्रा तय गरेको हो ।  राजनीतिक रूपले पनि नेप्सेलाई साथ दिएको लगानीकर्ता बताउँछन् । कारोबारको सुरुवातमै नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्बाट विश्वासको मत लिने भएपछि पनि बजार उकालो लागेको हुन सक्ने लगानीकर्ताको भनाइ छ ।

कम्पनीहरूको वित्तीय विवरण सार्वजनिक हुनेक्रम सुरु भएको र यसले पनि बजारलाई नयाँ उचाइमा लैजानका लागि टेवा पु¥याएको छ । लाभांश र साधारणसभा बोलाउने कार्यमा पनि होडबाजी चल्दा सेयर बजारमा आकर्षण बढेको सेयर विश्लेषकहरू बताउँछन् ।

आइतबार कारोबारमा आएका १३ वटै समूहका सूूचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै विकास बैंक ५ प्रतिशत, वाणिज्य बैंक ४ दशमलव ७१ प्रतिशतले बढेका छन् । निर्जीवन बिमा कम्पनी, बिमा कम्पनी, फाइनान्स, माइक्रो फाइनान्स समूहका सूचक बढ्दा यी कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन् । आइतबार नेप्से परिसूचक ९७ दशमलव २१ अंकले बढेर २ हजार ८ सय ८० दशमलव ६१ बिन्दुमा पुगेको छ । त्यसैगरी, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स १९ दशमलव ५५ अंकले बढेर ५ सय ६० दशमलव ९६ बिन्दुमा पुगेको छ । 

कारोबार रकमका हिसाबले पनि सेयर बजार सकारात्मक बनेको छ । आइतबार धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय २१ कम्पनीका २ करोड ८८ लाख कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ६३ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ । मञ्जुश्री फाइनान्सको सबैभन्दा धेरै ४१ करोड रुपैयाँको कारोबार भएको छ भने दोस्रोमा नबिल बैंकको ३८ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावरको ३७ करोड ६८ लाख रुपैयाँ र एनआइसी एसिया बैंकको ३५ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ । 

पाँच कम्पनीको सेयरमा सकारात्मक सर्किट 
पाँच कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार भएको  छ । आइतबार समृद्धि फाइनान्स, सिन्धु विकास बैंक, न्यादी पावर ग्रुप, हिमालयन पावर पार्टनर र सिंगटी हाइड्रो इनर्जी कम्पनीको १० प्रतिशतले सर्किट मूल्यमा कारोबार भएको हो । सिद्धार्थ बैंक, महालक्ष्मी विकास बैंक, एक्सल डेभलपमेन्ट बैंक, एनआइसी एसिया बैंकको सेयर मूल्य पनि उल्लेख्य बढेको छ ।