Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
अमुल थापा काठमाडौं
२०७८ श्रावण ३ आइतबार २२:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री देउवालाई संसद्ले दियो विश्वासको मत

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
२०७८ श्रावण ३ आइतबार २२:११:००

प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट विश्वासको मत लिएका छन् । प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकमा देउवाले विश्वासको मत लिएका हुन् ।

विश्वासको मतको पक्षमा १६५, विपक्षमा ८३  र मत दिन्नमा १ मत परेको छ । जम्मा उपस्थित संख्या २४९ रहेको थियो ।  सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेको घोषणा गरे । 

देउवालाई कांग्रेस, माओवादी केन्द्र, एमालेको नेपाल पक्षका केही सांसद, जसपा, राष्ट्रिय जनमोर्चाका सांसदले विश्वासको मत दिएका हुन् । एमालेको ओली पक्षले भने विश्वासको मतको विपक्षमा मत दिएको छ । राप्रपा भने तटस्थ बसेको छ ।