१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ श्रावण १ शुक्रबार १९:०२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

 पेट्रोलियम पदार्थको आयात र प्रयोगलाई न्यूनीकरण गर्नुपर्छ : ऊर्जामन्त्री भुसाल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ श्रावण १ शुक्रबार १९:०२:००

ऊर्जा, जलस्राेत तथा सिँचाइमन्त्री पम्फा भुसालले आफ्नोे देशबाट उत्पादित जलऊर्जालाई सम्पूर्ण क्षेत्रमा प्रयोग गरेर पेट्रोलियम पदार्थको आयात र प्रयोगलाई न्यूनीकरण गर्नुपर्ने बताएकी छिन् ।  

विद्युत् विकास विभागको २८औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री भुसालले पेट्रोलियम पदार्थको पहिलो विकल्पको रूपमा जलऊर्जा भएको बताइन् ।  यस्तै, निजी क्षेत्रले  बनाउने जलविद्युत्लगायतको संरचनाबाट सरकार र स्थानीय जनताले निरन्तर रूपमा लाभ लिन सक्ने खालको बनाउन  पनि आवश्यक  रहेको बताइन् ।

उनले भनिन्,  ‘सिंगाे देशको विद्युतीकरण गर्ने कुरा लाइटको रूपमा मात्रै नभएर आफ्नै देशको स्राेतबाट उत्पादन भएको ऊर्जालाई सम्पूर्ण ऊर्जाको क्षेत्रमा प्रयोग गर्ने र डलर तिरेर आएको पेट्रोलियम पदार्थलाई न्यूनीकरण गर्न सक्नुपर्छ ।’

यस्तै निजी क्षेत्रले एउटा निश्चित समयसम्म चलाउने सर्तमा निर्माण गरेपछि त्यतिका लागि मात्र भौतिक संरचना बन्नु नहुने बताइन् । त्यस्ता संरचनाबाट सरकार र स्थानीय जनताले दीर्घकालसम्म लाभ लिन सक्ने संरचना बनाउन जोड दिनुपर्ने उनले बताइन् । 

यो क्षेत्र अरू क्षेत्रको लगानीभन्दा सुरक्षित भएको बताउँदै मन्त्री भुसालले छिटो र स्थायित्वका लागि विशेष ध्यान दिनसमेत अनुरोध गरेकी छिन् । कार्यक्रममा बोल्दै स्वतन्त्र ऊर्जा उत्पादक संघ इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले राज्यले गर्ने व्यवहारमा परिवर्तन आउन जरुरी आएको  बताए ।