मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार ३१ बिहीबार ०८:४९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मिदिम–१ जलविद्युत् आयोजनामा लक्ष्मी बैंकले लगानी गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार ३१ बिहीबार ०८:४९:००

लक्ष्मी बैंकले लमजुङको क्वहाेंलासोथार र मर्स्याङ्दी गाउँपालिमा निर्माण हुन लागेको १३ दशमलव ४२ मेगावाटको मिदिम खोला–१ जलविद्युत् आयोजनामा लगानी गर्ने भएको छ । माउन्ट रसुवा हाइड्रोपावर प्रालिले निर्माण गर्न लागेको उक्त आयोजनामा बैंकले लगानी गर्ने सम्झौता भएको हो । 

सम्झौताअनुसार बैंकले उक्त आयोजनामा २ अर्ब ९३ करोड ८२ लाख रुपैयाँ लगानी गर्ने उल्लेख गरिएको छ । उत्पादक कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच उक्त आयोजनाको विद्युत् खरिदसम्बन्धी सम्झौता २०७५ साल माघमै सम्पन्न भएको र ऊर्जा मन्त्रालयले २०७७ कात्तिक ३ गते विद्युत् उत्पादनको अनुमति दिएको जनाइएको छ । 

आयोजना लागतको ७० प्रतिशत बैंकहरूले लगानी गर्ने र बाँकी ३० प्रतिशत कम्पनीको स्वलगानी रहने बैंकले जनाएको छ । सन् २०२३ जुलाई २० मा सञ्चालनमा आउने गरी योजना बनाइएको यस आयोजवाट ८३ दशमलव १७ गिगावाटआवर  विद्युत् वार्षिक रूपमा उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको जनाइएको छ ।