मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार ३१ बिहीबार ०८:३१:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मौद्रिक नीतिको प्रभावमा नेप्से 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार ३१ बिहीबार ०८:३१:००

झिनो अंकले नेप्से सूूचक हरियो बनेको छ । बुधबार नेप्से परिसूूचक १ दशमलव ०१ अंकले बढेर २ हजार ८ सय ७२ दशमलव ०५ बिन्दुुमा पुुगेको हो । त्यस्तै, ‘क’ वर्गको कम्पनी मापक सेन्सेटिभ इन्डेक्स भने शूून्य दशमलव १४ अंकले घटेर ५ सय ३९ बिन्दुुमा पुुगेको छ ।

पछिल्लो समय सेयर लगानीकर्ता मौद्रिक नीतिको पर्खाइमा रहेका छन् । लगानीकर्ताहरू मौद्रिक नीति कुर्दै ‘पर्ख र हेर’को अवस्थामा बस्दा सेयर बजार प्रभावित भएको विश्लेषकहरू बताउँछन् । मौद्रिक नीति सार्वजनिक भएपछि बजारले एक प्रकारको गति लिने अपेक्षा लगानीकर्तामा रहेको पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेलले बताइन् ।

राजनीतिक परिवर्तन पनि लगानीकर्ताले निर्णय लिइहाल्न नसक्नुको मुख्य कारण रहेको छ । नयाँ अर्थमन्त्रीले सेयर बजारलाई गर्ने सम्बोधन कस्तो आउने भन्ने अन्योलका कारण पनि पुँजी बजार प्रभावित हुनपुुगेको विश्लेषकहरू बताउँछन् । दिनभरजसो बजारमा उतारचढाव भए पनि बन्द हुने समयमा बजार थोरै सकारात्मक बन्दै बन्द हुुन पुुगेको थियो ।

बुधबार झिनो अंकले बढेको नेप्सेमा सबैभन्दा धेरै नाफा आर्जन कमाउने कम्पनीमा हिमालयन पावर पार्टनर, नेपाल फाइनान्स, कालिका पावर कम्पनी, रसुुवागढी पावर कम्पनी, सान्जेन जलविद्युुत् कम्पनीका लगानीकर्ता रहेका छन् । सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको सेयर मूल्य ७ दशमलव ७१ अंकले बढेर प्रतिसेयर मूल्य ५ सय ५९ रुपैयाँ पुुगेको छ । बुुधबार धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय १४ कम्पनीको ४ करोड ४७ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६५ करोड ४५ लाख रूपैंयाको सेयर कारोबार भएको छ । 

सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा गोर्खा फाइनान्स कम्पनी रहेको छ । यसको २९ करोड ४७ लाख रुपैयाँको कारोबार भएको छ भने दोस्रोमा छिमेक लघुुवित्तको २२ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, हिमालयन डिस्टिलरीको १९ करोड ७२ लाख रुपैयाँ र निर्धन उत्थान लघुुवित्तको १६ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ । 

कारोबारमा आएका १३ समूहको सूचकमध्ये ८ समूहको सूचक नकारात्मक बनेका छन् भने ५ समूहको सूचकमा हरियाली छाएको छ । जलविद्युुत् समूह सवैभन्दा बढी २ दशमलव ७१ प्रतिशतले बढेको छ भने फाइनान्स १ दशमलव ४८ प्रतिशतले बढेर यी समूूहको सूूचकमा हरियाली छाएको छ ।