काठमाडौं जेभिबयर बुधबार छैटौँ नेरिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामाको सिनियर पुरुषतर्फ समिफाइनलमा प्रवेश गरेको छ । सन्दीप मगरको सर्वाधिक ३० स्कोरको मद्दतले जेभियरले आयोजक नेरिकको बीलाई ५६–४३ ले हराउँदै अन्तिम चारको स्थान पक्का गरेको हो ।
सिनियर पुरुषमा वल्सनले नेरिक एलाई ४८–३३ ले हरायो । पिपुल्सले किंसलाई ४६–३० ले पाखा लगाउँदै क्वार्टरफाइनल स्थान पक्का पार्यो । सिनियर महिलामा नेरिक ज्ञाननिकेतनलाई २३–१२ को स्कोरमा हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । नेरिकको जितमा बिम्नरा खत्रीले सर्वाधिक १२ स्कोर गरिन् ।