मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ श्रावण २३ शनिबार
  • Saturday, 07 August, 2021
२०७८ असार ३० बुधबार १०:३८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुजिता हत्या प्रकरण : देवरले नै हत्या गरेको पुष्टि 

Read Time : > 1 मिनेट
२०७८ असार ३० बुधबार १०:३८:००

असार २७ गते आइतबार सेफ्टी ट्ंयाकीमुनि गाडिएको अवस्थामा फेला परेको सुजिता ठाकुरको हत्या उनकै देवर रुपेश ठाकुरले गरेको प्रहरीले बताएको छ । गत जेठ २० गतेदेखि हराइरहेकी सुजिताको शवको अवशेष असार २७ गते भेटिएपछि प्रहरीले तत्कालै रुपेश तथा अन्यहरूलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो । अनुसन्धानपछि निर्दोष देखिएकाहरूलाई प्रहरीले तत्काल छाडेका छन् भने दोषी देखिएका रुपेशसहित थप तीनजनालाई सार्वजनिक गरेको हो । 


प्रहरीले हत्या गर्ने मुख्य अभियुक्तमा लोहारपट्टी नगरपालिका– ७ भ्रमरपुराका रुपेश ठाकुर र शव व्यवस्थापनमा सघाएको भनी सोही ठाउँ बस्ने ३७ वर्षीय बण्ठा भन्ने किशोरी मण्डल र उनका भाइ ३२ वर्षीय नथुनी मण्डल तथा सोही ठाउँका ३३ वर्षीय आदम राइनलाई सार्वजनिक गरेको हो । यता घटनामा संलग्न थप व्यक्तिहरूसमेत रहेकोमा प्रहरीले उनीहरूको नाम र संख्या भने खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले अझै अनुसन्धान पूरा नभएकाले हत्याको कारण र फरार अभियुक्तहरूबारे तत्काल जानकारी दिन नसकिने बताए । उनले मृतक सुजिताका ससुरा पतिराम ठाकुरलगायतका केही आरोपीहरूको खोजबिन भइरहेको बताएका छन । 

गत जेठ २० गतेदेखि हराएकी भनिएको सुजिता जेठ १९ गते नै हराएकी भनेर माइती पक्षले प्रहरीमा खबर गरे पनि प्रहरीको अनुसन्धानमा भने उनी जेठ २० गतेदेखि मात्र हराएकी र सोही दिन बिहान देवर रुपेशले उनकै कोठाभित्र मुक्का प्रहार गरी, भित्तामा टाउको ठोकेर घाइते बनाई घाँटीसमेत थिची हत्या गरेको एसपी आचार्यले बताए । 

उनले सुजिताको हत्यापश्चात् सोही दिन दिनभरि उनको शव उनी सुत्ने पलङमै  सुतेकोजस्तो बनाएर राखी कोठाबाहिरबाट ताल्चा लगाएर राखेको र पछि राति सहयोगीहरूसमेत मिली आफ्नै ट्याक्टरमा बोकी शव उनकै धानखेतमा गाडेको एसपी आचार्यले बताए ।

यता गाउँमा हत्याबारे गाइँगुइँ चल्न थालेपछि जेठ २९ गते मध्यराति खाल्डो पुनः खनी उक्त स्थानबाट शव झिकेर उनको घरदेखि करिब पाँच सय मिटर पूर्वतर्फ रहेको नयाँ बन्दै गरको पेट्रोल पम्पको छेउमै रहेको उनकै अर्को जग्गामा निर्माणाधीन सेफ्टी ट्यांकीको करिब चार फिटमुनि शव पुनः गाडेर माथिबाट ढलानसमेत गरी सेफ्टी ट्यांकीलाई चिरान मिलमा चिर्नको लागि सोही ठाउँमा राखेको काठको गोलियाहरले छोपेका थिए । पछि अनुसन्धानको क्रममा प्रहरीले शव सोही स्थानमा रहेको पत्ता लगाएपछि प्रहरीले शव उत्खनन गरेको हो ।