मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ श्रावण १५ शुक्रबार
  • Friday, 30 July, 2021
मञ्जु भट्ट
२०७८ असार २५ शुक्रबार ०८:५२:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

महिलामाथि संरचनात्मक विभेद

Read Time : > 2 मिनेट
मञ्जु भट्ट
२०७८ असार २५ शुक्रबार ०८:५२:००

पुरुषले पनि घरधन्दा गर्थे भने महिलालाई पनि अबेरसम्म सुत्ने अवसर मिल्थ्यो होला ! कुनै घरमा पनि महिला मस्तले ओछ्यानमा सुतेको र पुरुषले भान्सामा गएर चिया ल्याई दिएको, खाना पकाएको देखिँदैन । तर, यिनै काम विश्वभरकै महिलाले दिनहुँ चुपचाप गरिरहेका हुन्छन् । 

विश्वका प्रत्येक महिलालाई परिवार, समाज तथा देशले नै लागू गर्न नसकेको शून्य भेदभाव शब्दले जहिल्यै गिज्याइरहेको हुन्छ । घर, स्कुल, अफिस जता पनि महिला–पुरुषबीच भेदभाव नभएको ठाउँ हुँदैन । महिला–पुरुषबीच भेदभाव खोज्न टाढा गइरहनै पर्दैन । घरभित्रै हेर्ने हो भने विभेदका थुपै्र उदाहरण भेटिन्छन् । बिहान सबेरै घरका पुरुषले भन्दा अघि नै महिलाले ओछ्यान छोडिसकेका हुन्छन् । पुरुषले पनि घरधन्दा गर्थे भने महिलालाई पनि अबेरसम्म सुत्ने अवसर मिल्थ्यो होला ! कुनै घरमा पनि महिला मस्तले ओछ्यानमा सुतेको र पुरुषले भान्सामा गएर चिया ल्याई दिएको, खाना पकाएको देखिँदैन । तर, यिनै काम विश्वभरकै महिलाले दिनहुँ चुपचाप गरिरहेका हुन्छन् । वास्तवमा यो दैनन्दिनीको निब सदियौँ लामो भेदभावले राखेको हो, जसबाट हरमोर्चामा महिला पुरुष समाजबाट पराजित, शोषित र प्रताडित छ र यो नै सहज जीवनशैलीमा परिणतजस्तो भएको छ । 

गाउँदेखि सहरसम्म ठूलो होस् या सानो परिवार, महिलाले मात्रै घरका सबै जुठा भाँडा माझ्नुपर्छ । किन पुरुषले साथीसंगी वा परिवारका सदस्यसँग गफिँदै परबाट महिलाले भाँडा धोएको हेरिराख्छ ? किन उसले आफू पनि गएर सघाउन सक्दैन ? महिला घरमा नभएको खण्डमा पनि किन भाँडा घरका महिला आएपछि धुन्छन् भन्दै बेसिनमा लडाइएका हुन्छन् ? घरका श्रीमान्–श्रीमती नै जागिरे भएको खण्डमा भने कतिपय पुरुषले पनि घरका केही कामकाज गर्ने गरेका छन् । तर, यस्तो उदाहरण एकदमै बिरलै देख्न पाइन्छ ।

धेरैजसो बैंकब्यालेन्स पुरुषकै नाममा हुन्थे, अहिले पनि हुने गरेका छन् । जग्गाजमिन किन्दा पनि अक्सर घरका पुरुषकै नाममा पास गर्ने गरिन्थ्यो । सरकारले कुनै परिवारले जग्गा, जमिन किनेपछि महिलाको नाममा पास गर्दा २५ प्रतिशत छुट पाइने नियम ल्याएपश्चात् भने यसमा थोरै भए पनि परिवर्तन आएको छ । ०७४ सालमा पर्वत जिल्लामा तीन हजार पाँच सय २३ जग्गाको कारोबार हुँदा जम्मा नौ सय ९९ महिलाको नाममा जग्गा पास भएको थियो, जुन पुरुषको तुलनामा झन्डै चारगुणा कम हो । एकैखाले कामका लागि महिला र पुरुषले पाउने पारिश्रमिकमा पुरुषलाई बढी दिने गरिएको छ । विभिन्न कारणले महिलाले घरमा अल्झिनुपर्दा अमूल्य अवसरहरू गुमाउने गरेका छन्, जसका कारण अफिसका ठूला पदहरूमा धेरैजसो पुरुषले नै राज गरिरहेका छन् । 

विश्वका अधिकांश महिलाले आफ्नो जन्मघरलाई आफ्नो भन्न पाउँदैनन् । ती अर्काे कसैको घरलाई आफ्नो मानेर जानुपर्छ, जहाँ अरू कसैको हैकम चल्छ । यस प्रणालीले महिलालाई शोषण र विभेदको अन्तहीन लाग्ने चक्रमा हेलिरहेको छ । माइतमा फूलसरी हुर्काइएका छोरीहरू अर्काको घरमा गएर जीवन बिताउनुपर्दा माया तथा आत्मसम्मान पाउनुको सट्टा बोक्सीको आरोपमा, दाइजो नल्याएको निहुँमा वा अन्य विभिन्न कारण देखाउँदै मानसिक तथा शारीरिक यातनामा पारिन्छन् । छोरीहरूले न त आफ्ना आमा–बुबालाई आफूसँगै ल्याएर राख्न सक्छन्, न त श्रीमान्ले श्रीमतीसँगै ससुरालीमा गएर बस्न मान्छन् । जसले गर्दा छोरी मात्रै जन्माएका बाबु–आमा अक्सर बुढेसकालमा आश्रयविहीन हुनुपरेको छ । छोरीलाई जताबाट पनि पिरलो मात्रै भइरहन्छ । महिलामाथि यतिसम्म अन्याय हुन्छ कि कतिपय पुरुषले परिवारनियोजनका साधन प्रयोग गर्दा यौनसन्तुष्टि मिल्दैन भनेर असुरक्षित यौनसम्पर्क गर्न पुग्छन् । जसकारण गर्भ रहन पुग्दा आफ्नो ज्यान नै जोखिममा पारेर महिलाले बारम्बार गर्भपतन गर्नुपर्छ । पुरुषले परिवारनियोजनका साधन प्रयोग गर्न नमान्दा महिलाले नै प्रयोग गर्नुपर्ने हुन्छ । यसको प्रत्यक्ष असर उनीहरूको शरीरमा देखिन थाल्छ । अनियमित महिनावारी, मोटोपन, महिनावारी हुँदा धेरै रगत बग्नु, हर्मोनमा गडबडीजस्ता समास्याहरूसँग महिलाले जुझ्नुपर्छ । सन्तानको रूपमा छोरीहरू मात्रै जन्मिदा पनि धेरैजसो ठाउँमा महिलालाई नै दोष दिने गरिएको छ । अप्ठेरा तथा असजिला जुनसुकै काम पनि महिला सहनशील हुन्छन् भन्दै प्रकृति तथा परिवारिक संरचनाले नै महिलामाथि थुपारेका छन् ।

नेपालको सन्दर्भमा पितृसत्ता हावी भएको हाम्रो जस्तो समाजमा एउटा गृहिणीले घरको सबै काम आफ्नै जिम्मेवारी ठानी जीवनभर चुपचाप गरिरहेका हुन्छन् । ६–७ घन्टा अफिसको कामसँगै घरका सम्पूर्ण कामसमेत गरिरहेका जागिरे गृहिणीका समस्या गनिसाध्य छैनन् । उनीहरूले घरमा पुरुषको तुलनामा निकै असमान स्तरमा काम गर्नुपरिरहेको हुन्छ । अहिले लकडाउनको समयमा महिलाहरू झनै घरको कामको बोझले दबिएका झन् । घरबाटै अफिस, बालबच्चाको देखभालका साथै घरका प्रत्येक सदस्यको जिम्मेवारीसमेत उनीहरूमाथि नै थपिएको छ । 

घरका अभिभावकले नै घरका महिला–पुरुष, छोरा–छोरीमाथि भेदभाव गरिरहेका हुन्छन् । यद्यपि, सरकारका तर्फबाट महिलाको पक्षमा विभिन्न कानुन निर्माण भइसकेका छन् । घर, परिवार तथा समाजबाटै महिला–पुरुषबीच हुने भेदभाव निर्मूल पार्नु बढी जरुरी देखिन्छ । यसका लागि पुरुषसरह प्रत्येक महिलाले पनि उचित शिक्षा, अवसर, सम्पत्तिमा आफ्नो हक तथा अधिकार पाउनु जरुरी देखिन्छ ।