मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ श्रावण १५ शुक्रबार
  • Friday, 30 July, 2021
रामकुमार श्रेष्ठ नवलपरासी
२०७८ असार २४ बिहीबार १५:१७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सडक भत्किएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

Read Time : < 1 मिनेट
रामकुमार श्रेष्ठ नवलपरासी
२०७८ असार २४ बिहीबार १५:१७:००

पूर्वी नवलपरासीको कावासोतीमा खोल्साको पानीले सडक भत्काएपछि बिहानदेखि  पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

कावासोतीको थानाचोकदेखि पश्चिम डिभिजन वन कार्यालय कावासोतीनजिकै सडक भत्किएको हो ।  सडकको आधाभन्दा बढी भाग भत्किएको छ भने बाँकी रहेको भाग पनि ओडारजस्तो बनेपछि अहिले पैदलयात्रीसमेतलाई आउजाउ गर्न रोक लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बाटो मर्मतका लागि प्रयास भइरहेको छ । बाटो बिहान ८ बजेदेखि अवरुद्ध भएको हो । तथापि वैकल्पिक बाटो (गाउँको बाटो प्रयोग गरेर) अत्यावश्यक सवारीसाधन र हलुका सवारीसाधनलाई भने पास गराइएको छ ।