मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार २३ बुधबार १८:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

छात्रवृत्ति, पाठ्यपुस्तक र दिवाखाजाको झन्डै चार लाख हिनामिना, प्रधानाध्यापक र अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार २३ बुधबार १८:२०:००

कपिलवस्तुको साबिक भिल्मी गाविस– ४ स्थित सरस्वती आधारभूत विद्यालयका तत्कालीन प्रधानाध्यापक र अध्यक्षको मिलेमतोमा छात्रवृत्ति, पाठ्यपुस्तक र दिवाखाजाको झन्डै चार लाख रुपैयाँ हिनामिना भएको पाइएको छ ।

आर्थिक वर्ष ०६८/६९ देखि ०७२/७३ सम्मको छात्रवृत्ति, पाठ्यपुस्तक र दिवाखाजा शीर्षकमा निकासा भई खर्च हुन नसकेको रकममध्ये तीन लाख ९३ हजार सात सय ५० रुपैयाँ हिनामिना भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानबाट खुलेको हो  ।

सरकारबाट प्राप्त रकम दुरुपयोग भएको पाइएपछि अख्तियारले बुधबार विद्यालयका तत्कालीन प्रधानाध्यापक दिनेशकुमार विश्वकर्मा, विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्षद्वय (फरक–फरक कार्यकाल) शकिल मियाँ र नरेन्द्र कुर्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

विश्वकर्मा र मियाँको कार्यकालमा तीन लाख ७१ हजार सात सय एक तथा विश्वकर्मा र कुर्मीको कार्यकालमा २२ हजार एक सय ४९ रुपैयाँ झिकेर हिनामिना गरेको पाइएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

विश्वकर्मासँग तीन लाख ९३ हजार सात सय ५० रुपैयाँ, मियाँ र कुर्मीसँग क्रमशः तीन लाख ७१ हजार सात सय एक र २२ हजार एक सय ३९ रुपैयाँ बिगो मागदाबी अख्तियारले गरेको छ ।