१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार २३ बुधबार ०८:५७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमईले नौकुण्डका किसानलाई सहुलियत कर्जा दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार २३ बुधबार ०८:५७:००

ग्लोबल आइएमई बैंक लिमिटेड र नौकुण्ड गाउँपालिकाबीच कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउने समझदारी भएको छ । समझदारीपत्रमा बैंकको नौकुण्ड शाखाका प्रबन्धक रमेश पनेरू र नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु स्याङ्बो घलेले हस्ताक्षर गरेका हुन् ।  

सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले नौकुण्ड गाउँपालिकाका विभिन्न ठाउँहरूमा बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, बंगुरपालन, माछापालन तथा विभिन्न फलफूलहरूको उत्पादन गर्ने कृषकलाई सहुलियतपूर्ण कर्जा दिने उल्लेख गरिएको छ ।

कर्जा गाउँपालिकाको सिफारिसमा उपलब्ध गराउने र गाउँपालिकाले साना किसानहरूलाई आवश्यक तालिमको व्यवस्था गर्ने समझदारीमा उल्लेख छ । बैंकले देशका ७६ जिल्लामा २ सय ७३ शाखा, २ सय ४२ एटिएम, २ सय ५७ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।