१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार २२ मंगलबार २०:२२:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सबै पेट्रोलियम पदार्थको मूल्यवृद्धि, ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँ महँगियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार २२ मंगलबार २०:२२:००

नेपाल आयल निगमले चालू आर्थिक वर्ष ०७७–७८ का लागि मंगलबार अन्तिमपटक मूल्यवृद्धि गरेको छ । यसपटक पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र ग्यास गरी सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमको यस्तो निर्णयले बजारमा महँगी बढ्ने सरोकारवाला बताउँछन् । 

आयल निगमले मंगलबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक वायु सेवाले प्रयोग गर्ने हवाई इन्धनमा  दुई–दुई रुपैयाँ प्रतिलिटर, अन्तर्राष्ट्रिय वायु सेवाले प्रयोग गर्ने हवाई इन्धनमा १९ डलर प्रतिकिलोलिटर र खाना पकाउने एलपी ग्यासमा  प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्यवृद्धि गरेको छ । 

मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय २९, डिजेल र मट्टीतेल समान एक सय १२ रुपैयाँ प्रतिलिटर पुगेको छ । आन्तरिक हवाई इन्धन ८४ रुपैयाँ प्रतिलिटर र बाह्य हवाई इन्धन सात सय ५४ डलर प्रतिकिलोलिटर तथा खाना पकाउने ग्यास  प्रतिसिलिन्डर एक हजार चार सय २५ रुपैयाँ पुगेको छ ।