१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ असार २२ मंगलबार १५:०४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देउवालाई प्रधानमन्त्री बनाउन अदालतले परमादेश जारी गर्छ : प्रचण्ड 

Read Time : < 1 मिनेट
२०७८ असार २२ मंगलबार १५:०४:००

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने बताएका छन् । 

धनुषानिवासी माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवकाे निधनमा श्रद्धाञ्जली दिन मंगलबार जनकपुरधाम आएका अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतमा बुझाइएको एक सय ४६ सांसदको हस्ताक्षरका आधारमा अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने बताएका हुन् ।  

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ । पक्ष, विपक्ष र एमिकस क्युरीको बहस सकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर अर्को पेसी असार २८ गतेका लागि तोकिएको छ । अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीले अदालतलाई अनावश्यक दबाब दिन खोजेको आरोप पनि लगाए ।