मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार २० आइतबार १५:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विष्णु पौडेल भन्छन्– माधव नेपालले प्रधानमन्त्रीसँग भेट्न रुचि देखाउनुभएन (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार २० आइतबार १५:५४:००

एमाले उपमहासचिव तथा उपप्रधानमन्त्री विष्णु पौडेलले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीसँग भेट्न अस्वीकार गरेको बताएका छन् । ओलीका विश्वासपात्र मानिने पौडेलले आइतबार बिहान नेता नेपाललाई भेटेका थिए । 

भेटमा उनले प्रधानमन्त्रीसँग भेटेर समस्याको समाधान खोज्न आग्रह गर्दा नेपालले रुचि नदेखाएको बताए । राष्ट्रिय सभाको बैठकबाट बाहिरिने क्रममा उनले संघीय संसद् भवन नयाँ बानेश्वरमा नेपालसँगको भेटबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा आफूले समस्या समाधानका लागि दुई नेताबीच भेटघाट होस् भन्ने इच्छा व्यक्त गरेको र नेपालले रुचि नदेखाएको बताएका हुन् । 

उनले भने, ‘माधव कमरेडकोमा गएका थियौँ, म सुवासजी र शंकरजी भएर । उहाँसँग एकछिन कुराकानी भयो । हामीले के आग्रह ग¥यौँ भने, पार्टीलाई एकताबद्ध गरेर लिएर जाऊँ । हाम्राबीचमा समाधान गर्न नसकिने त्यस्ता कठिन र जटिल समस्याहरू छैनन् । तपाईंहरू एक–आपसमा बस्नुहोस् नेताहरू पनि । हामी पनि आपसमा विभिन्न साथीहरूसँग छलफलमा छौँ । समाधान खोजेर अगाडि जाऊँ । पार्टी अध्यक्ष र तपाईंको बीचमा मिटिङ होस्, हामी त्यो चाहन्छौँ भनेर प्रस्ताव राख्यौँ । उहाँले प्रधानमन्त्रीसँग भेट्न अरुचि प्रकट गर्नुभयो । भेट्ने कुरामा खासै रुचि राख्नुभएन । ठीकै छ छलफल गर्दै जाऊँ भनेर हामी उठ्यौँ ।’