१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ असार २० आइतबार १०:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाँच विद्यार्थी संगठनका पूर्वअध्यक्षहरूसहितको संयुक्त अन्तर्क्रिया

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ असार २० आइतबार १०:१९:००

संसद् विघटनविरुद्ध आन्दोलनरत विपक्षी गठबन्धनका पाँच विद्यार्थी संगठनले काठमाडौंमा अन्तर्क्रिया कार्यक्रम आयोजना गर्दै छन् । कार्यक्रम आइतबार काठमाडौंको प्रदर्शननीमार्गस्थित रत्न राज्य क्याम्पसमा मध्याह्न १२ बजे सुरु हुने अखिल (क्रान्तिकरी) का प्रवक्ता जिपी मैनालीले जानकारी दिए ।

गत असार १४ गते नेविसंघ अध्यक्ष राजीव ढुंगाना, अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियु अध्यक्ष  सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ र अखिल   छैटाैँका अध्यक्ष विमल पोखरेलसहितको  बैठकले  संयुक्त विज्ञप्ति  जारी गर्दै   सार्वजनिक गरेको विरोधका कार्यक्रमको निरन्तरताको रूपमा  विद्यार्थी संगठनका पूर्वअध्यक्षहरूसहितको अन्तर्क्रिया कार्यक्रम हुन लागेको हो ।

प्रधानमन्त्री केपी ओलीको असंवैधानिक र प्रतिगामी  संसद् विघटनको थप सशक्त प्रतिरोधको तयारी गर्न र संसद् विघटनको मुद्दामा जनपक्षीय निर्णय आउन नदिन सरकार पक्षबाट हुन सक्ने सम्भावित चलखेल र सेटिङविरुद्ध खबरदारी गर्न नयाँ ढंगको प्रतिरोधको तयारीका निम्ति उक्त अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको मैनालीले बताए ।

अन्तर्क्रियामा  पूर्वविद्यार्थी नेताहरू विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, प्रदीप पौडेल, देवेन्द्र पराजुली, हिमाल शर्मा, रमेश मल्ल, जगन्नाथ ढकाल, रामकुमारी झाँक्री, यज्ञराज सुनुवार, गंगानारायण श्रेष्ठ, भीम राई, मानुषी यमी भट्टराई, कृष्ण अधिकारी, घनश्याम न्यौपानेलगायत वक्ताका रूपमा सहभागी रहनेछन् ।