मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ असार १८ शुक्रबार १४:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मुख्य नेतालाई अपमान गरेर पार्टी एकता हुँदैन, यसरी हामी सबै समाप्त हुन्छौँ : वामदेव गौतम 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ असार १८ शुक्रबार १४:३४:००

नेकपा एमालेका उपाध्यक्ष  वामदेव गौतमले मुख्य नेतालाई अपमान गरेर पार्टी एकता हुन नसक्ने बताएका छन् । शुक्रबार केन्द्रीय कमिटी बैठकमा बोल्दै नेता गौतमले हतार नगरीकन एकतामा जोड दिनुपर्ने बताए । 

‘हिजो केन्द्रीय कमिटीको निर्वाचन हुँदा माधव कमरेडका जम्मा नौजना कम थिए, अहिले पनि अवस्था उस्तै छ,’ बैठकमा गौतमले भने, ‘एमाले आधा–आधा विभाजित छ । वार्ता कमिटी बनाएपछि बीचैमा छाड्नुहुन्न । सार्थक निष्कर्षमा पुर्‍याउनुपर्छ, अन्यथा हामी सबै समाप्त हुन्छौँ ।’ आफूले आजसम्म मित्रघात नगरेको उल्लेख गर्दै उनले भने, ‘मैले जे भनिरहेको छु, यो हाम्रो हितमा छ, व्यक्तिगत रूपमा ओलीको पक्षमा छ ।’

उपाध्यक्ष गौतमले पार्टीबाट राजीनामा नदिई देउवाका पक्षमा हस्ताक्षर गर्नु गलत भएको उल्लेख गर्दै भने, ‘म भएको भए पार्टीबाट राजीनामा दिएर मात्रै देउवाका पक्षमा हस्ताक्षर गर्ने थिएँ ।’