मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार १७ बिहीबार ०७:५६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा सेवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार १७ बिहीबार ०७:५६:००

एनएमबि बैंकले अनलाइनमार्फत जुनसुकै समयमा पनि कर्जा लिन मिल्ने सुविधा ल्याएको छ । बैंकले ‘एनएमबि सापटी २.०’ नामक आर्टिफिसियल इन्टेलिजेन्सद्वारा सञ्चालित कर्जा सेवा सुरु गरेको हो । 

सुविधाअन्तर्गत कर्जा प्रवाहका लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेपविना डिजिटल रूपमै गर्न सकिने बैंकले जनाएको छ । नेपालमै पहिलोपटक २४सै घन्टा र सातै दिन पूर्ण स्वचालित रूपमा प्रदान गरिने कर्जा एनएमबि सापटीको निरन्तरता रहेको जनाइएको छ । बैंकसम्म नधाईकनै मोबाइलको प्रयोगबाट आवेदन दिएको पाँच मिनेटभित्र नै कर्जा प्राप्त गर्न सकिने बैंकको दाबी छ । 

एनएमबि सापटी वर्तमान परिवेशलाई ध्यानमा राख्दै व्यक्तिगत कर्जा उपयोग गरिरहेका ग्राहकको व्यक्तिगत र आपत्कालीन वित्तीय आवश्यकताको परिपूर्तिका लागि प्रदान गरिने छोटो अवधिको धितोविनाको कर्जा रहेको बैंकले जनाएको छ ।

एनएमबिमा व्यक्तिगत कर्जा भएका ग्राहकलाई २४ महिनासम्मको लचिलो अवधिसहित २ लाख रुपैयाँसम्म २४सै घन्टा र सातै दिन कर्जा तुरुन्त उपलब्ध गराइने बैंकले प्रतिबद्धता व्यक्त गरेको छ । योजनामा ग्राहकले आफ्नो कर्जा चुक्ता अवधि, कर्जा चुक्ता गर्ने प्रकार, कर्जा रकम आफ्नो सहजताका आधारमा छनोट गर्न सक्ने जनाइएको छ ।