मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
अर्जुन अधिकारी
२०७५ फाल्गुण ८ बुधबार १४:५८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सामाजिक सञ्जाल सम्बन्धि विधेयक नसच्याए १७औं सत्याग्रह बस्ने केसीको चेतावनी

Read Time : < 1 मिनेट
अर्जुन अधिकारी
२०७५ फाल्गुण ८ बुधबार १४:५८:००

चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएमका प्रा.डा गोविन्द केसीले आफू १७ औं अनशन बस्ने तयारीमा रहेको बताएका छन् । संसदमा दर्ता भएको शान्ति सुरक्षा विधेयक र सामाजिक सञ्जाल सम्बन्धि विधेयक तत्काल नसच्याए जुनसुकै समयमा १७ औं अनशन थाल्ने चेतावनी सरकारलाई दिएका छन् ।

यस अगाडि १६ औं अनशन पनि केसीले अचानक २०७५ पुस २५ गते बाट सुरु गरेका थिए । चिकित्सा शिक्षा विद्येयक आफुसंग भएको सहमति अनुसार आउनु पर्छ भन्दै अनशन बसेका केसी सरकारले माग सम्बोधन नगरेपछि आफैँले गत माघ १८ गते अनशन तोडेका थिए । तर, उनले पुनः बुधबार एक विज्ञप्ती जारी गर्दै आफुले १७ औं अनशनको तयारी गरिरहेको बताएका छन् ।

डा. केसीले विज्ञप्तीमा लेखेका छन्, ‘संसदमा दर्ता भएका दुई विधेयकमा हाम्रो गम्भीर आपत्ति छ । जनताले तिरेको करबाट तलब भत्ता खाएर नागरिकको अधिकार खोसेर निरकुंश बन्न खोजिँदै छ । नागरिकको अधिकार कुन्ठित गर्ने विधेयक हामीलाई कदापि स्वीकार्य छैन । त्यसैले १५औ सत्याग्रहका माग पनि अबिलम्ब कार्यान्यवन गर्न जोड्दार माग गर्दछौँ । अन्यथा, जुनसुकै समयमा आमरण अनसन सुरु हुनेछ ।’