मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार १० बिहीबार ०६:१४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

किसानलाई मेगा बैंकको किसान कार्ड तथा कृषि कर्जा सुविधा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार १० बिहीबार ०६:१४:००

मेगा बैंक नेपाल लिमिटेडले हिमशिखर एग्रोसँगको सहकार्यमा बैंकको आधुनिक प्रविधिमैत्री किसान कार्डसहित कृषि कर्जा सर्वसुलभ रूपमा उपलब्ध गराउन सम्झौता गरेकोे छ । सम्झौतामा बैंकका माइक्रो एन्ड एग्रो फाइनान्सिङ विभागका प्रमुख पुण्यप्रसाद खनियाँ र हिमशिखर एग्रोका प्रमुख कार्यकारी अधिकृत प्रकाशचन्द्र घिमिरेले हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार बैंकले ग्रामीण भेगका किसानलाई कृषि उत्पादनमा आवश्यक कृषि सामग्रीहरू तथा बिउविजनहरू खरिद गर्न कृषि कर्जा तथा मेगा किसान कार्ड प्रदान गर्ने जनाइएको छ । बैंकका माइक्रो एन्ड एग्रो फाइनान्सिङ विभागका प्रमुख खनियाँले पहिलो चरणमा प्रदेश नम्बर १ का किसानलाई किसान कार्डसहितको कृषि कर्जा स्थानीय शाखाहरूमार्फत छिटोछरितो ढंगले प्रदान गर्न लागिएको बताए । प्रदेश नम्बर १ पछि क्रमशः देशभरका किसानहरूलाई सेवा प्रदान गरिने उनको भनाइ छ । 

किसान कार्डमार्फत कृषकले आफूलाई आवश्यक कृषि सामग्रीहरू, बिउ, मल, किटनाशक औषधिलगायतका सामानहरू तोकिएको स्थान तथा पसलहरूबाट खरिद गर्न सक्ने जनाइएको छ । मेगा किसान कार्ड मेगा बैंकले कृषकहरूका लागि प्रदान गरेको बैंकिङ बजारको पहिलो आधुनिक प्रविधिमैत्री सेवा रहेको बैंकले जनाएको छ । यसले किसानलाई डिजिटल बैंकिङ कारोबार गर्न सहज र सरल हुने बैंकले विश्वास व्यक्त गरेको छ । 

हिमशिखर एग्रोका प्रमुख कार्यकारी अधिकृत घिमिरेले मेगा बैंकले कृषि कर्जालाई प्राथमिकताका साथ सर्वसुलभ रूपमा प्रदान गर्दै आएकाले मेगासँग सहकार्य गरिएको बताए । बैंकले हाल आरएन्डडी इन्नोभेटिभ सोलुसन र कर्मा ग्रुपसँग सहकार्य गरी कृषकलाई मेगा किसान कार्डसहितको कृषि कर्जा प्रदान गर्दै आएको जनाइएको छ । भविष्यमा कृषि क्षेत्रसँग सम्बन्धित अन्य संघ–संस्थाहरूसँग सहकार्य गर्दै आधुनिक प्रविधिमैत्री मेगा किसान कार्ड सेवा देशभर नै उपलब्ध गराउने योजना रहेको बैंकले जनाएको छ ।