मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ असार १० बिहीबार ०६:११:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कृषि विकास बैंकको सहयोग

Read Time : < 1 मिनेट
२०७८ असार १० बिहीबार ०६:११:००

कृषि विकास बैंक लिमिटेडले पोखरास्थित जनप्रिय बहुमुखी क्याम्पसलाई बुधबार शैक्षिक सामग्री सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले क्याम्पसलाई कम्प्युटर र प्रोजेक्टर सहयोग गरेको हो । 

बैकका सञ्चालक समितिका सदस्य हरिप्रसाद पराजुलीले क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तारा गिरी र क्याम्पस प्रमुख विरञ्जी गौतमलाई सहयोग सामग्री हस्तान्तरण गरेका थिए । कार्यक्रममा डेल कम्पनीको ब्रान्डेड दुई थान कम्प्युटर र इप्सनको प्रोजेक्टरसहित अन्य शैक्षिक सामग्री क्याम्पसलाई हस्तान्तरण गरिएको थियो ।

सहयोग हस्तान्तरणपछि पराजुलीले श्रमबजारलाई चाहिने दक्ष जनशक्ति उत्पादनमा क्याम्पसको महत्वपूर्ण योगदान रहेको बताए । जसका कारण, बैंक तथा वित्तीय क्षेत्र मात्रै होइन समुदाय नै लाभान्वित भएको उनको भनाइ थियो ।

बैंकका गण्डकी प्रदेश निर्देशक रघुनाथ अधिकारीले २०४२ सालबाट कम्प्युटर प्रणालीबाट सेवा दिँदै आएको बैंकले शैक्षिक संस्थालाई प्रविधिमैत्री बनाउन कम्प्युटर सहयोग गरेको बताए । बैंकका मुख्य शाखा प्रबन्धक माधव रिजालले क्याम्पसका बिबिए, बिबिएस र एमबिएस अध्ययन गर्ने विद्यार्थी बैंकमा इन्टर्नसिपका लागि आउने हुँदा आगामी दिनमा दुई संस्थाबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।