मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ श्रावण १५ शुक्रबार
  • Friday, 30 July, 2021
२०७८ असार ९ बुधबार १८:२२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

रसुवाका पाँच स्थानीय तहमा डेढ अर्बबराबरको बजेट आउँदै, पुरानै कार्यक्रमलाई निरन्तरता

Read Time : > 1 मिनेट
२०७८ असार ९ बुधबार १८:२२:००

विगतदेखि सुरु भएका कार्यक्रमलाई निरन्तरता दिँदै रसुवाका स्थानीय तहले आगामी आर्थिक वर्ष ०७८÷७९ को बजेट ल्याउने भएका छन् । जिल्लाका पाँच स्थानीय तहको डेढ अर्बबराबरको बजेट तयार भएको छ । 

स्थानीय सरकारले १० असारभित्र बजेट ल्याइसक्नुपर्ने प्रावधान छ । सोहीअनुसार रसुवाका स्थानीय तहले तोकिएको समयमै बजेट ल्याउने तयारी गरेका हुन् । जिल्लाका पाँच स्थानीय तहमा एक अर्ब ४८ करोडबराबरको बजेट आउने भएको हो । असार १० मा बजेट ल्याउन स्थानीय तहले सोअनुसारको प्रक्रियागत तयारी पूरा गरेको जनाएका छन् । समितिको बैठक बस्ने, योजना निर्माण गर्नेलगायतका कामलाई तीव्रता दिइरहेका छन् । 

बिहीबार जिल्लाका पाँचवटै स्थानीय तहले गाउँसभामार्फत बजेट प्रस्तुत गर्ने तयारी गरेका छन् । गाउँपालिकाहरूले बजेटमा पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि, पशु, पर्यटनलाई मुख्य प्राथमिकता दिएको बताएका छन् । विगतका वर्षहरूमा अधुरा रहेका योजनालाई यो वर्ष सम्पन्न गर्ने गरी बजेट विनियोजन गर्ने जिल्लाका सबै गाउँपालिकाको तयारी छ । 

जिल्लाको उत्तरगया गाउँपालिकाले १७ करोडबराबरको बजेट ल्याउने तयारी गरिरहेको गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले बताए । बजेटमा पूर्वाधार निर्माण, स्वास्थ्य, कृषि, पशु, शिक्षालाई प्रमुख प्राथमिकता दिन लागिएको बताए । नौकुण्ड गाउँपालिकामा करिब ३६ करोडबराबरको बजेट ल्याउने तयारी गरिरहेको गाउँपालिकाका अध्यक्ष नुर्पुसाङ्बो घलेले बताए । बजेटमा मुख्य गरी पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पशुलगायतलाई प्राथमिकता दिने तयारी गरिरहेको बताए । गत वर्षका कामहरू केही अधुरै रहेको छ, यो वर्ष अधुरो रहेका सबै सम्पन्न गर्ने गरी बजेट ल्याउन लागेका छौँ, अधुरा रहेका कामहरू पहिला पूरा गर्नुप¥यो अनि नयाँ कार्यक्रमहरू पनि ल्याउँछौँ,’ उनले भने, ‘कोभिडलगायतको स्वास्थ्य उपचारका लागि स्वास्थ्यकर्मी करारमा लिनेलगायतको कार्यक्रम नयाँ छ ।’ 

त्यसैगरी, जिल्लाको आमाछोदिङ्मो गाउँपालिकाले ३० करोडबराबरको बजेट ल्याउने तयारी गरिरहेको गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले बताए । बजेटमा पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि र पशुपालनमा प्रमुख प्राथमिकता राखिएकोसमेत उनले बताए । 

त्यसैगरी, जिल्लाको कालिका गाउँपालिकाले ३४ करोडबराबरको बजेट ल्याउने तयारी गरिरहेको गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले बताए । बजेटमा शिक्षा, स्वास्थ्य, कृषि र पशुलाई प्रमुख प्राथमिकता राखिएको उनले बताए । 

त्यसैगरी, जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाले करिब ३१ करोडबराबरको बजेट ल्याउने तयारी गरिरहेको गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए । बजेटमा शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकता दिइएको उनले बताए । आगामी आर्थिक वर्षका लागि नयाँ कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्र उत्पादित कृषि उपजलाई बजारीकरणका कार्यक्रम थप गरिएको बताइएको छ । 

संघ र प्रदेशबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँड र आफ्नो आयलाई जोडेर स्थानीय तहले बजेट बनाउँछन् । संघीय सरकारले स्थानीय तहका लागि ससर्त, विशेष, राजस्व बाँडफाँड र समानीकरण गरी चार प्रकारका अनुदान दिने गर्छ । यस्तै, प्रदेश सरकारले राजस्व बाँडफाँड, प्राकृतिक स्रोत बाँडफाँड, कर अधिकार र अन्य गरेर बजेट दिने गरेको छ ।