Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी
२०७८ असार ९ बुधबार १७:२६:००
Read Time : > 4 मिनेट
खेलकुद

युरोकप २०२० अन्तर्गत समूहगत चरणको अन्तिम खेल आज

प्रिक्वार्टरफाइनल चरणका बाँकी चार टोलीको टुंगो आजै 

Read Time : > 4 मिनेट
एजेन्सी
२०७८ असार ९ बुधबार १७:२६:००

युरोकप २०२० अन्तर्गत समूहगत चरणका खेलहरू आज टुङ्गिँदै छन् । यसबाट प्रतियोगिताको प्रिक्वार्टरफाइनल चरणको समीकरण पनि पूरा हुनेछ । 

समूहगत चरणको अन्तिम खेलअघि १२ टोलीले प्रतियोगिताको अन्तिम १६ मा स्थान बनाइसकेका छन् । त्यसमध्ये समूह ‘ए’ र ‘डी’बाट सर्वाधिक तीन–तीन टोलीले प्रतियोगिताको नकआउट चरणमा स्थान बनाएका छन् । 

प्रतियोगिताअन्तर्गत बुधबार समूह ‘ई’ र ‘एफ’का खेलहरू हुँदै छन् । राति ९ः४५ बजे समूह ‘ई’का अन्तिम चरण र १२ः४५ बजे समूह ‘एफ’का अन्तिम चरणका खेलहरू हुनेछन् । यी खेलबाट समूह ‘ई’ र एफको विजेता र उपविजेता टोलीसँगै सबै समूहको तेस्रो स्थानमा रहेका टोलीमध्ये उत्कृष्ट चारको पनि टुंगो लाग्नेछ । 

आयोजक युरोपेली फुटबल महासंघ (युइएफए)का अनुसार प्रतियोगिताको ६ समूहमध्ये प्रत्येक समूहबाट विजेता र उपविजेता गरी दुई–दुई तथा सबै समूहको तेस्रो स्थानमा रहेका ६ मध्ये उत्कृष्ट चार टोलीले प्रतियोगिताको अन्तिम १६ मा प्रवेश पाउनेछन् । त्यसमध्ये समूह ‘ई’ र ‘एफ’बाट अहिलेसम्म एक–एक टोलीले मात्रै प्रिक्वार्टरफाइनल चरणमा स्थान सुरक्षित गरेका छन् भने तेस्रो स्थानमा रहेर पनि उत्कृष्ट चारभित्र पर्ने निश्चित गर्दै स्विजरल्यान्ड्स र चेक रिपब्लिकले अन्तिम १६ को यात्रा तय गरिसकेका छन् । 

युरोकप २०२० को प्रिक्वार्टरफाइनल चरणका लागि छनोट भइसकेका टोलीहरू 
समूह ‘ए’बाट : इटाली, वेल्स र स्विट्जरल्यान्ड
समूह ‘बी’बाट : बेल्जियम र डेनमार्क
समूह ‘सी’बाट ; नेदरल्यान्ड्स, अस्ट्रिया
समूह ‘डी’बाट : इंग्ल्यान्ड, क्रोएसिया, चेक रिपब्लिक
समूह ‘ई’बाट : स्विडेन
समूह ‘एफ’बाट : फ्रान्स
छनोट हुन बाँकी टोलीको संख्याः ४

समूह ‘ई’ र ‘एफ’को अन्तिम चरणको खेल हुनुअघि ६ वटै समूहको तेस्रो स्थानमा रहेका टोलीहरूको वरीयता :

देश अंक  खेल    गोल अन्तर    गरेको गोल   जित
चेक रिपब्लिक   ३          ४   +१ ३    १
स्विजरल्यान्ड्स
 ३  
 ४     +१     ४    
पोर्चुगल    २     ३     +१     ५    १
युक्रेन    ३        ३     +१  ४    १
फिनल्यान्ड   ३           ३   –२  १  १
स्पेन    
 २    
 २      ०  १    ०

       समूह ई
स्पेनविरुद्ध स्लोभाकिया (सेभिल, स्पेन, राति ९ः४५ बजे)
पोल्यान्डविरुद्ध स्विडेन (सेन्ट पिटर्सबर्ग, रुस, राति ९ः४५ बजे)

युरोकप २०२० अन्तर्गत आज राति ९ः४५ बजे समूह ‘ई’अन्तर्गतका अन्तिम दुई खेल हँुदै छन् । स्पेनको सेभिलमा हुने खेलमा घरेलु टोली स्पेनले स्लोभाकियासँग र रुसको सेन्ट पिटर्सबर्गमा हुने खेलमा पोल्यान्डले स्विडेनको सामना गर्दै छ । यो समूहबाट स्विडेनले यसअघि नै प्रतियोगिताको अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेको छ । पोल्यान्डलाई पराजित गर्न सकेको अवस्थामा स्विडेन समूहविजेता बन्ने निश्चित छ । स्विडेनपछि समूह ‘ई’बाट दोस्रो टोलीको रूपमा प्रतियोगिताको नकआउट चरणमा पुग्ने सम्भावना बाँकी तीनै टोलीको छ । 

त्यसमध्ये स्लोभाकियालाई प्रतियोगिताको अन्तिम १६ मा स्थान सुरक्षित गर्न मात्रै एक अंक चाहिएको छ । बराबरीको नतिजाले तेस्रो स्थानको टोलीमध्ये उत्कृष्ट चारभित्र रहँदै प्रिक्वार्टरफाइनल चरणमा पुग्ने सम्भावना स्पेनको पनि छ । यद्यपि, स्पेनको त्यो सम्भावनाका लागि अर्काे खेलमा पोल्यान्डले स्विडेनसँग पराजय व्यहोर्नुपर्नेछ । स्लोभाकियालाई पराजित गर्न सकेको अवस्थामा भने स्पेनलाई कुनै समस्या हुनेछैन । प्रतियोगिताको अन्तिम १६ मा स्थान सुरक्षित गर्न पोल्यान्डलाई पनि कुनै पनि अवस्थामा जितको नतिजा आवश्यक छ । पराजयले लेवान्दोस्कीको टोली पोल्यान्ड प्रतियोगिताको समूहगत चरणबाटै घर फर्कने निश्चित छ । 

स्लोभाकियाविरुद्ध स्पेनको हेड टु हेड
-  स्पेनले र स्लोभाकियाले अन्तर्राष्ट्रिय फुटबलमा एक–अर्काविरुद्ध अहिलेसम्म ६ पटक प्रतिस्पर्धा गरेका छन् । जसमध्ये चार खेलमा स्पेनले जित हात पारेको छ भने मात्रै एक खेलमा स्लोभाकियाले जित हात पारेको छ । बाँकी एक खेल बराबरीमा टुंगिएको छ । 
-    स्पेनले आप्mनो घरेलु मैदानमा स्लोभाकियाविरुद्ध यसअघि खेलेको तीनमध्ये तीनै खेलमा जित हात पारेको छ । त्यसमा स्पेनले ११ गोल गरेको छ भने मात्रै दुई गोल व्यहोरेको छ ।

स्विडेनविरुद्ध पोल्यान्डको हेड टु हेड
-  स्विडेन र पोल्यान्डले एक–अर्काविरुद्ध अहिलेसम्म २६ पटक प्रतिस्पर्धा गरेका छन् । त्यसमध्ये १४ खेलमा स्विडेनले र आठ खेलमा पोल्यान्डले जित हात पारेको छ । बाँकी चार खेल बराबरीमा टुंगिएको छ ।
-  यी दुई टोलीबीचको पछिल्लो ११ प्रतिस्पर्धामध्ये नौ खेलमा स्विडेन विजयी भएको छ । एक खेलमा पोल्यान्ड विजयी भएको छ भने एक खेल बराबरी भएको छ ।

अंक तालिका (समूह ई)

टिम    खेल    जित     बराबरी        हार      गरेको गोल    व्यहोरेको गोल   गोल अन्तर  अंक
स्विडेन    २     १    १    ०   १      ०     १     ४
स्लोभाकिया  २    १    ०    १    २    २    ०    ३
स्पेन    २             ०   २  ०    १   १     ०   २
पोल्यान्ड  २      ०   १    १     २     ३    –१    १

  समूह एफ
जर्मनीविरुद्ध हंगेरी (म्युनिख, जर्मनी, राति १२ः४५ बजे)
फ्रान्सविरुद्ध पोर्चुगल (बुडापेस्ट, हंगेरी, राति १२ः४५ बजे)

युरोकप २०२० अन्तर्गत समूह ‘एफ’को अन्तिम चरणको खेलअन्तर्गत आज राति हुने खेलमा जर्मनीले हंगेरी र फ्रान्सले पोर्चुगलसँग प्रतिस्पर्धा गर्दै छ । यो समूहबाट फ्रान्सले प्रतियोगिताको अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेको छ । 

त्यसबाहेक ग्रुप अफ डेथ मानिएको यो समूहबाट प्रतियोगिताको अघिल्लो चरणमा पुग्ने सम्भावना बाँकी तीनै टोलीको रहेको छ । यद्यपि, तुलनात्मक रूपमा जर्मनी र पोर्चुगलको सम्भावना प्रबल देखिएको छ । हंगेरीलाई पराजित गर्दा जर्मनी सहज रूपमा समूहको शीर्ष दुईभित्र रहँदै प्रतियोगिताको नकआउट चरणमा पुग्नेछ । 

साबिक विजेता पोर्चुगल भने आफ्नो दोस्रो खेलमा जर्मनीसँग पराजित भएपछि समस्यामा देखिएको छ । पोर्चुगलले प्रतियोगिताको नकआउट चरणमा प्रवेश पाउन फ्रान्सलाई कम्तीमा बराबरीमा रोक्नुपर्नेछ । बराबरीको नतिजाले पोर्चुगललाई समूहको तेस्रो स्थानको टोलीमध्ये उत्कृष्ट चारभित्रै रहेर प्रिक्वार्टरफाइनल चरणमा पुग्ने सम्भावना रहन्छ । फ्रान्ससँगको पराजयले भने पोर्चुगलले त्यो अवसर पनि गुमाउने सम्भावना छ । 

पोर्चुगललाई पराजित गरेको अवस्थामा फ्रान्ससँग भने समूहविजेता बन्ने अवसर छ । सन् २०१६ मा फ्रान्सलाई उसकै मैदानमा पराजित गर्दै पोर्चुगलले उपाधि जितेको थियो । पोर्चुगलको उपाधि रक्षाको अभियान पनि फ्रान्सविरुद्धको खेलमै निर्भर देखिएको छ ।

फ्रान्स र पोर्चुगलबीचको हेड टु हेड
-  फ्रान्स र पोर्चुगलले अहिलेसम्म १३ पटक प्रतिस्पर्धा गरेका छन् । यद्यपि, मात्रै एक खेलमा पोर्चुगलले जित हात पारेको छ । उक्त जित पोर्चुगलले सन् २०१६ को युरोकपको फाइनलमा हात पारेको हो । त्यसबाहेक ११ खेलमा पराजय व्यहोरेको छ भने एक खेल बराबरी भएको छ ।
-  फ्रान्स र पोर्चुगलले मुख्य प्रतियोगितामा भने पाँचौँपटक प्रतिस्पर्धा गर्न लागेको हो । त्यसमध्ये पनि समूहगत चरणको भेट यो पहिलो हो ।

जर्मनी र हंगेरीबीचको खेलको हेड टु हेड
-   युरोपियन च्याम्पियनसिपमा जर्मनी र हंगेरीबीचको यो पहिलो भेट हो । 
- यी दुई टोलीले यसअघि सन् १९५४ को फिफा विश्वकपमा दुईपटक प्रतिस्पर्धा गरेका छन् । समूहगत चरणमा भएको खेलमा हंगेरीले ८–३ को जित हात पारेको थियो । उक्त पराजय जर्मनीले विश्वकप वा युरोकपमा व्यहोरेको अहिलेसम्मको ठूलो अन्तरको पराजय हो । त्यही विश्वकपको फाइनलमा भने वेस्ट जर्मनीले हंगेरीलाई ३–२ ले पराजित गरेको थियो ।

अंक–तालिका (समूह एफ)

टिम   खेल       जित   बराबरी   हार  गरेको गोल    व्यहोरेको गोल    गोल अन्तर    अंक
फ्रास     २      १   १     ०     २     १     १    ४
जर्मनी  २      १   ०   १   ४   ३   १   ३
पोर्चुगल   २      १   ०    १      ५   १   ३
हंगेरी  २     ०   १    १    १    ४     –३    १