१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
गणेश लम्साल विराटनगर
२०७८ असार ९ बुधबार १०:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खानेतेलको ग्यालेनभित्र लुकाएर लागुऔषध तस्करी गर्ने प्रहरी नियन्त्रणमा

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ असार ९ बुधबार १०:१४:००

खानेतेलको ग्यालेनभित्र लागुऔषध भरेर नेपाल भित्र्याउन प्रयास गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार बिहान खानेतेलको ग्यालेनमा लागुऔषध भरेर नेपाल ल्याउदै गर्दा विराटनगर– १६ स्थित दक्षिण गेटबाट  सुनसरी चक्रघट्टी ७ का ३२ वर्षीय राजकुमार मगरलाई लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।  

मगरले पाँच लिटरको खानेतेलको ग्योलनमा लागुऔषध एभिल ७७ एम्पुल, लुपिजेसिक ७५  एम्पुल, डाइजाल्याप ७५ एम्पुल र फेनारगन ७८ एम्पुल भरेर झोलामा बोकेर भारतीय बजार जोगबनीबाट नेपाल ल्याउने प्रयास गरेका थिए ।  

विराटनगर जोगवनी सीमा नाकामा कसैले शरीरमा, कसैले खुट्टामा, कसैले तरकारीमा, कसैले  मोटरसाइकल र जिपमा त कसैले औषधिको बट्टामा मात्र नभएर गुप्तांगहरूमा समेत लुकाएर लागुऔषध ओसारपसार गर्ने गरेका छन् ।यसैले लागुऔषध सेवन र ओसारपसार गर्नेहरूलाई नियन्त्रण गर्न नेपाल प्रहरीले सीमा क्षेत्रमा अलग्गै ब्युरो परिचालन गर्दै आएको छ ।