१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ असार ९ बुधबार १०:०४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

२२ जिल्लाका प्रहरी प्रमुख फेरिए  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ असार ९ बुधबार १०:०४:००

प्रहरी प्रधान कार्यालयले मंगलबार ५२ प्रहरी उपरीक्षक (एसपी) तथा ५७ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरुवा गरेको छ । सरुवामा २२ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । 

सरुवा सूचीअनुसार मोरङको प्रहरी प्रमुखमा एसपी जनार्दन जिसी, सुनसरीमा सञ्जयसिंह थापा, भक्तपुरमा शिव श्रेष्ठ, कास्कीमा रमेश थापा, बाँकेमा श्यामकृष्ण अधिकारी, कैलालीमा विश्व अधिकारी तथा दाङमा सुरेश काफ्लेलाई पठाइएको छ । 

त्यस्तै, तनहुँमा दिनेश मैनाली, कपिलवस्तुमा दानबहादुर कार्की, पश्चिम नवलपरासीमा मनोज कुमार यादव, धनकुटामा नकुल पोखरेल, इलाममा महेन्द्र श्रेष्ठ, उदयपुरमा सुवासचन्द्र बोहरा, सिराहामा हिराबहादुर पाण्डेको सरुवा भएको छ । 

५७ जना डिएसपीको सरुवा हुँदा विभिन्न जिल्ला, वृत्त तथा इप्रकाका प्रमुख फेरिएका छन् ।  अर्घाखाँचीको डिएसपीमा अमरबहादुर थापा क्षेत्री, खोटाङको प्रहरी प्रमुखमा उमेश लम्साल, लमजुङमा कृष्णकुमार कार्की, भोजपुरमा राजकुमार राई, मनाङमा रामकुमार दानी, संखुवासभामा लालध्वज सुवेदी, बैतडीमा रमेशबहादुर पाल, पर्वतमा शिवराज बुढाथोकीको सरुवा भएको छ । 

उपत्यकाका आठ प्रहरी वृत्तका डिएसपी हेरफेर  

सरुवामा उपत्यकाका आठवटा वृत्तका इन्चार्ज पनि फेरिएका छन् ।  महानगरीय प्रहरी वृत्त गौशालामा डिएसपी केशव भट्टराई, कीर्तिपुरमा ठाकुरप्रसाद पोखरेल, बौद्धमा ढुण्डीराज नेउपाने, लैनचौरमा दुर्गा दाहाल, महाराजगञ्जमा प्रमेश विष्ट, सिंहदरबारमा भरत श्रेष्ठ, मालीगाउँ वृत्तमा मीनबहादुर कुँवर क्षेत्री, बानेश्वर वृत्तमा मिमबहादुर लामा, स्वयम्भूमा मिलन केसीको सरुवा भएको छ ।