१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार ९ बुधबार ०६:०२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आइएमई लाइफलाई आइपिओ निष्कासनका लागि ट्रिपल बी रेटिङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार ९ बुधबार ०६:०२:००

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ निष्कासनका लागि ‘केयरएनपी ट्रिपल बी’ रेटिङ प्राप्त गरेको छ । समयमा नै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित कम्पनी जनाउँदै रेटिङ एजेन्सी केयर नेपालले ट्रिपल बी रेटिङ दिएको हो ।  

कम्पनीले ६० करोड रुपैयाँको प्राथमिक सेयर निष्कासनका लागि रेटिङ गराएको जनाएको छ । रेटिङ एजेन्सीको रिपोर्ट प्राप्त भएसँगै अब कम्पनीको प्राथमिक सेयर निष्कासनको प्रक्रिया अघि बढ्ने जनाइएको छ । कम्पनीले १ सय २० शाखा कार्यालयबाट बिमितलाई सेवा प्रदान गर्दै आइरहेकोे जनाएको छ ।

कम्पनीमा हाल १८ हजारभन्दा धेरै अभिकर्ताहरू आबद्घ रहेको जनाइएको छ । कम्पनीले नवीनतम सेवा उपलब्ध गराउँदै जाने क्रममा कम्पनीको वेबसाइट र मोबाइल एपमा राखिएको च्याटबोटमार्फत बिमित तथा अभिकर्ताका लागि उपयोगी हुने विविध सेवा तथा सूचनाहरू प्रदान गर्दै आएको जनाएको छ । 

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । प्राथमिक सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । प्राथमिक सेयर निष्कासनपछि संस्थापक सेयरधनीहरूको हिस्सा ७० प्रतिशत र सर्वसाधारणको सेयर हिस्सा ३० प्रतिशत हुने जनाइएको छ ।