मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार ९ बुधबार ०६:४९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आन्तरिक र अन्तर्राष्ट्रियतर्फका उडान खुलाउने सरकारको निर्णय 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार ९ बुधबार ०६:४९:००

लामो समयदेखि बन्द रहेको आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खुल्ने भएको छ । सोमबार मन्त्रिपरिषद् बैठकले गन्तव्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान खुला गर्ने निर्णय गरेको हो ।

सरकारले आन्तरिक उडानतर्फ कुल उडान संख्याको ५० प्रतिशत मात्रै हुने गरी उडान खुलाउने निर्णय गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशत नबढ्ने गरी सञ्चालन हुनेछ । यसको तालिका र मिति भने संस्कृति, पर्यटन  तथा नागरिक उड्डयन मन्त्रालयले तय गर्नेछ । बुधबारसम्म तालिका तय गर्ने तयारीमा पर्यटन मन्त्रालय छ । सरकारले अन्तर्राष्ट्रियतर्फ समेत नियमित हवाई उडान थप गर्ने निर्णय गरेको छ ।

अब काठमाडौं–दोहा रुटमा नेपाली वायुसेवाले दुई र कतारका वायुसेवाले दुई गरी सातामा ४ उडान गर्ने भएका छन् । काठमाडौं–इस्तानबुलमा साताको २, काठमाडौं–दुबई रुटमा समेत सातामा चार उडान हुने भएको छ । 

काठमाडौं–दमाम रुटमा साताको २, काठमाडौं–कुवेतमा साताको दुई, काठमाडौं–मस्कटमा साताको १ र मलेसियामा साताको चार उडान खुल्ने भएको छ । दक्षिण कोरियामा एक र जापानमा एक उडान खुला भएको छ । काठमाडौं–छेन्दु र ग्वाङझाओ रुटमा साताको एक–एक उडान हुने गरी खुला भएको छ ।