मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण ८ बुधबार ११:१०:००
Read Time : < 1 मिनेट
खेलकुद

आहा ! रारा गोल्डकपमा १० टिम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण ८ बुधबार ११:१०:००

आहा ! रारा गोल्डकपको १७औँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ । बिहीबारबाट सुरु हुने प्रतियोगितामा कुल १० टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ । जसमा दुई विदेशी क्लब रहेका छन् । 

‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद सहरका रूपमा स्थापित गरौँ’ भन्ने नाराका साथमा प्रतियोगिता १८ फागुनसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा र एपिएफ भिड्नेछन् ।

प्रतियोगिताका विजेताले ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार नगद प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई अप्रिला स्कुटर तथा अन्य विधागततर्फ उत्कृष्ट खेलाडीलाई पनि नगदको व्यवस्था गरिएको छ । 

प्रतियोगितामा सर्वाधिक गोलकर्ताले २५ हजार नगद प्राप्त गर्नेछन् । सोही अवसरमा एक खेलाडीलाई सर्वाेत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीको अवार्डबाट नगद ३५ हजारसहित सम्मान गरिनेछ ।
 
अतिरिक्त प्रोत्साहन रकम
आयोजकले सहभागी प्रत्येक क्लबलाई एक खेल खेलेबापत अतिरिक्त प्रोत्साहन रकमसमेत दिने भएको छ । आयोजक क्लबका महासचिव विश्वराज बरालका अनुसार प्रिक्वार्टर विजेता टिमले २० र पराजित टिमले १०, क्वार्टरफाइनल विजेताले ३० र पराजितले २०, सेमिफाइनल विजेता र पराजित दुवै टिमले ५० हजार नगद प्राप्त गर्नेछन् ।

१ करोड ३० लाख आम्दानी
प्रतियोगिताबाट १ करोड ३० लाख आम्दानी हुने र खर्च कटाइ ३२ लाख २ हजार बचत गर्ने लक्ष्य क्लबले लिएको छ । बचत रकम क्लबले पोखरामा सञ्चालन गरेको सहारा एकेडेमीमा खर्च गर्ने जनाएको छ । प्रतियोगितामा मनाङ र थ्री स्टारले सर्वाधिक समान ५–५ पटक उपाधि जितेका छन् ।