मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार ७ सोमबार ०८:४१:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

६३ अंकले घट्यो नेप्से सबै समूूहको सूचक नकारात्मक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार ७ सोमबार ०८:४१:००

सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेपाल धितोपत्र बोर्डको गत हप्ताको विज्ञप्तिपश्चात् सेयर बजार घट्ने क्रम रोकिएको छैन । उच्च अंकले उकालो लागेको नेप्सेमा बोर्डको विज्ञप्तिका कारण लगानीकर्तामा अस्थिरता कायम हुँदा कारोबार रकममा समेत गिरावट आएको छ । 

लगानीकर्ता भरत रानाभाट बजार घट्यो भनेर आत्तिहाल्नुुपर्ने अवस्था नभएको बताउँछन् । बोर्डको जारी विज्ञप्ति र नयाँ आर्थिक वर्षपछि परिवर्तित केही कानुन र कोरोना जोखिम कम भएसँगै लगानीकर्ता अन्त पनि आकर्षित हुने हुुँदा बजारमा केही प्रभाव परेको रानाभाटले बताए ।  

बजार उच्च अंकले बढेका वेला २ प्रतिशतले घट्नुु सामान्य हो । लगानीकर्ता अतालिँदा बजारले क्षति व्यहोर्न पुगेको रानाभाटले  बताए । एकातिर बजार अझै घट्छ कि भन्ने मानसिकताका कारणले पनि बजार उच्च अंकले घटेको हुुन सक्ने विश्लेषकहरू बताउँछन् । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ६३ दशमलव ११ अर्थात् २ दशमलव १३ प्रतिशतले घटेर २ हजार ९ सय ५ दशमलव ३२ बिन्दुुमा पुुगेको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स १२ दशमलव ६१ अंकले घटेर ५ सय २८ बिन्दुमा पुुगेको छ ।

कारोबारमा आएका १३ समूूहको सूचकमा १३ वटै समूूहको सूचक रातो रह्यो । यस दिन हाइड्रोपावर, फाइनान्स, माइक्रो फाइनान्स, जीवन बिमा, निर्जीवन बिमाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।कारोबारमा आएका २ सय ३१ कम्पनीमध्ये १४ वटा कम्पनीबाहेक सबै कम्पनीका लगानीकर्ताले घाटा व्यहोरेका छन् । केही नाफा गर्नेमा गोर्खा फाइनान्स, नेसनल हाइड्रोपावर कम्पनी, रुरु जलविद्युत् कम्पनी रहेका छन्  । युुनाइटेड  हाइड्रोपावर, श्री इन्भेस्टमेन्ट फाइनान्स, वरुण हाइड्रो, नेपाल हाइड्रो डेभलपर्स कम्पनीको सेयर ८ प्रतिशतले घटेको छ ।

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय ३१ कम्पनीको २ करोड ७३ लाख कित्ता–इकाइ सेयर किनबेच हुँदा ११ अर्ब ८१ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार हुुने कम्पनीमा नेपाल इस्योरेन्स कम्पनी रहेको छ । कम्पनीको ८१ करोड रुपैयाँको कारोबार भएको छ भने नेपाल इस्योरेन्स कम्पनीको करिब ४४ करोड रुपैयाँ र नेसनल हाइड्रोपावर कम्पनीको ३३ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ ।