मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ असार ६ आइतबार १४:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ठगी आरोपमा दुई पक्राउ

Read Time : < 1 मिनेट
२०७८ असार ६ आइतबार १४:२१:००

ठगी गरेको आरोपमा मोरङ प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । वनको कर्मचारी तथा पत्रकार भन्दै ठगी गरेको आरोपमा इटहरी उपमहानगरपालिका– ६ जुट विकासका ५० वर्षीय दधिराम चौहान र मोरङको सुन्दरहरँैचा नगरपालिका– ७ का ५६ वर्षीय पुष्पप्रसाद सिग्देललाई प्रहरीले पक्राउ गरेको हो । मोरङको रतुवामाई नगरपालिका– १० को एक काठमिलबाट उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले ४ असारमा विशेष सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले बताएको छ । उनीहरूको साथबाट नगद ३२ हजार ९ सय ९५ रुपैयाँसहितको कागजत बरामद गरेको प्रहरीले बताएको छ । 

उनीहरूले डरत्रास देखाई विभिन्न काठमिलहरूबाट रकम उठाई ठगी गर्ने गरेको प्रारम्भिक अनुन्सधानबाट खुलेको प्रहरीको भनाइ छ । पक्राउ परेकाहरूविरुद्ध ठगी कसुरमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।