मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
अर्जुन अधिकारी काठमाडाैं
२०७८ असार ६ आइतबार ०५:११:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

कोभिडका कारण १६ महिनामा १२ चिकित्सक र २७ स्वास्थ्यकर्मीको मृत्यु

फ्रन्टलाइनरमाथि कोभिड

Read Time : > 1 मिनेट
२०७८ असार ६ आइतबार ०५:११:००

३०९ दिनसम्म चलेको पहिलो छालमा १२ र दोस्रो छालमा अहिलेसम्म २७ जनाले ज्यान गुमाए

कोरोना भाइरस कोभिड– १९ को नियन्त्रण र उपचारमा अग्रपंक्तिमा रहेका ३९ स्वास्थ्यकर्मीको निधन भएको छ । ९ माघ ०७६ देखि हालसम्म १२ चिकित्सक र २७ अन्य स्वास्थ्यकर्मीको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

तीन सय नौ दिनसम्म चलेको कोरोना भाइरसको पहिलो छालमा १२ जना स्वास्थ्यकर्मीको निधन भएको सरकारी तथ्यांक छ । तर, दोस्रो छालमा थप २७ स्वास्थ्यकर्मीको निधन भएको हो । यो अघिल्लो वर्षको अनुपातमा दोब्बर बढी मृत्यु हो । मृत्यु भएका स्वास्थ्यकर्मी २५ जना ५० वर्षभन्दा कम उमेर समूहका छन् । ८० वर्षभन्दा कम उमेरका ११ जना छन् । अरू त्योभन्दा माथि उमेर समूहका छन् । 

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार हालसम्म आठ हजार आठ सय नौ स्वास्थ्यकर्मी कोरोना संक्रमणमा परेका छन् । संक्रमित हुने दुई हजार दुई सय ९२ चिकित्सक र ६ हजार पाँच सय १७ जना अन्य स्वास्थ्यकर्मी छन् । 

नेपालमा ९ माघ ०७६ मा पहिलो कोरोना संक्रमित पुष्टि भएका थिए । त्यसयता निरन्तर संक्रमण देखिइरहेको छ । हालसम्म तीन लाख ६९ हजार सात सय ६७ जना पुरुष र दुई लाख ३७ हजार ११ जना महिला कोरोना संक्रमणमा परेका छन् । सहप्रवक्ता अधिकारीका अनुसार पाँच लाख २७ हजार एक सय ११ जना निको भएर घर फर्केका छन् । घर फर्कने दर ८७ प्रतिशत हो । हालसम्म कोरोनाबाट आठ हजार तीन सय ६६ जनाको मृत्यु भइसकेको छ । अझै एक हजार दुई सय ६ जना सघन उपचार कक्षमा छन् ।

मृत्यु भएका नौजनाका परिवारले पाए रकम, अरूको निवेदन परेन
सरकारले कोरोना संक्रमितको उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीको निधन भएमा २५ लाख रुपैयाँ दिने घोषणा अघिल्लो वर्ष गरेको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नौजनाका परिवारले २५ लाखका दरले रकम पाएका छन् । अन्यको हकमा कसैको पनि निवेदन मन्त्रालयमा नपरेको अधिकारीहरूले बताएका छन् । मृतकका परिवारले सबै प्रमाणसहित निवेदन दिएपछि स्वास्थ्य मन्त्रालयले रकमका लागि मन्त्रिपरिषद् पठाउने गरेको छ । नौजनाबाहेक अरूको निवेदन नपरेको स्वास्थ्य मन्त्रालय लेखा शाखाले जनाएको छ ।