मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ असार ५ शनिबार १७:४१:००
Read Time : > 1 मिनेट
खेलकुद

हंगेरीलाई जित्नै पर्ने दबाब

Read Time : > 1 मिनेट
२०७८ असार ५ शनिबार १७:४१:००

युरोकप २०२० अन्तर्गत शनिबार साँझ ६ः४५ बजे फ्रान्स र हंगेरीबीच प्रतिस्पर्धा हुँदैछ । ‘ग्रुप अफ डेथ’ मानिएको समूह एफमा रहेको फ्रान्सले आफ्नो पहिलो खेलमा जर्मनीलाई हराएको थियो । तर फ्रान्सले जर्मनीलाई हराउँदा आत्मघाती गोलको साथ पाएको हो । 

यता हंगेरीले यसअघिको खेलमा अन्तिम पाँच मिनेट घरेलु मैदान पुस्कार एरिनामा पोर्चुगललाई रोक्न नसक्दा ३–० को हार सामना ग¥यो । हंगेरीलाई हराउँदा फ्रान्स नकआउट चरणमा पुग्ने छ । बराबरी नतिजाले फ्रान्सको अर्को चरण पुग्ने बाटो खुला नै रहने छ । 

कुनै समय युरोपियन फुटबलमा दबदबा कायम राखेको हंगेरी लामो समयपछि युरोकपमा छनोट भएको हो । आकर्षक फुटबल खेल्न रुचाउने हंगेरी विशेषत लामो पास तथा काउन्टर एट्याक्टमै बढी जोड दिने गर्छ । यद्यपि, आजको खेलमा हंगेरी दबाबमा हुने छ । हारले लगभग प्रतियोगिताबाट हंगेरी बाहिरिने सक्छ भने जितले नकआउट चरणको वाटो खुला रहने छ । यसकारण हंगेरियन खेलाडी बराबरी भन्दा पनि जितकै लागि प्रतिस्पर्धा गर्ने छ । तथ्यांक अनुसार हंगेरी र फ्रान्सबीच १६ बर्षपछि आपसमा प्रतिस्पर्धा हुँदैछ । यसअघि सन् २००५ मा भएको खेलमा फ्रान्सले हंगेरीलाई २–१ ले पराजित गरेको थियो । 

फ्रान्ससँग योपटक युवा तथा सिनियर अनुभवी खेलाडी छ । युरोपियन लिगमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी पाउल पोग्बा, केलियन एम्बाप्पे र करिम वेन्जिम जस्ता खेलाडीको साथ फ्रान्सले पाउने छ । हंगेरी र फ्रान्सबीच अहिलेसम्म मेजर अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा चारपटक मात्र प्रतिस्पर्धा भएको छ । अहिलेसम्म हंगेरीले फ्रान्सलाई तीन खेलमा हराएको छ । एकमा फ्रान्सले हंगेरीलाई बराबरीमा रोकेको छ । 

यसैगरी शनिबार मध्य राति स्पेनले समूह ईमा पोल्यान्डको सामना गर्ने छ । यी दुवै टोली पहिलो जितको खोजीमा हुने छ । तीनपटकको बिजेता स्पेनले अघिल्लो खेलमा स्विडेनमाथि दबाब राखे पनि गोलरहित नतिजा आत्मसात गरेको थियो । पोल्यान्ड स्लोभाकियासँग स्तब्ध भएको थियो । स्पेन र पोल्यान्ड पहिलोपटक एक आपसमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।