Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७८ असार ५ शनिबार १०:२१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोकाे जोखिमले जुम्ला खलढुंगाका १६ घरधुरीका एक सय १७ घरपरिवार विस्थापित

Read Time : > 1 मिनेट
२०७८ असार ५ शनिबार १०:२१:००

लगातारको वर्षाले जुम्लाका विभिन्न गाउँबस्तीमा पहिरोको जोखिम बढेको छ । यस्तै जुम्लाको हिमा गाउँपालिका – ६ खलढुंगा र दलितबस्तीमा पहिरोको जोखिम बढेपछि १६ घरधुरीका एक सय १७ जना घरपरिवार विस्थावित भएका छन् । बस्ती अगाडि पछाडी तलमाथि चारैतिर पहिलो गएपछि गाउँ नै पहिरोको जोखिममा परेपछि घरपरिवार विस्तापित भएका हुन् । 

लामो समयसम्म वर्षा हुँदा सिंगो गाउँ पहिरोको  जोखिममा छ । स्थानीय मुनराज अधिकारीले भने ‘कमजोर भूभाग भएको पातरखोलाको खलढुंगा गाउँमा  पहिरोले घर भत्काउन थालेपछि स्थानीय गाउँ छोडेर सुरक्षित ठाउँमा जान थालेका छन् । हिमा गाउँपालिकाको जुगाड प्रहरीचौकीले उक्त जोखिम क्षेत्रको निरीक्षण गरेको छ ।

खलढुंगा र दलित बस्तीका १६ घरधुरीका एक सय १७ घरपरिवार आफ्नो  घर छाडेर आफन्तको घरमा बस्न गएका छन् । गाउँ नै पहिरोको जोखिममा परेपछि उनीहरु विस्तावित भएर आफन्तका शरण पुगेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक युवन चौधरीले बताए । उनले भने अहिले त्यहाँका नागरिक सुरक्षित स्थानमा छन् । 

वर्षाले भेडीगोठालाको बिचल्ली
गर्मी छल्न पाटन उक्लेका भेडीगोठाला निरन्तरको वर्षाले विचल्लीमा परेका छन् । भेडाको बथानसँगै पाटन र खर्कमा बसेका भेडीगोठाला अहिले बिचल्लीमा परेका हुन् । भोजपत्र, त्रिपाल र ढुंगाले छाएको गोठमा बसिरहेका भेडीगोठालालाई एकातिर चट्याङको खतरा छ भने अर्कोतिर भेडाबाख्रालाई भोकै राख्नुपर्ने बाध्यता छ ।

‘पाटनमा भरपर्दाे गोठ नै छैनन्, आफैँले बनाएका गोठ हावाहरीले उडाउने खतरा हुन्छ ’ तातोपानी गाउँपालिका – ७ सर्मीका भेडीगोठाला कृष्ण खड्काले भने ‘गत वर्ष यही समयमा पानीको वास्ता नगरी भेडा चराउन हिँडेका एक छिमेकी गोठालाको चट्याङ लागेर मृत्यु भयो । अहिले पनि त्यस्तै नहोला भन्न सकिने अवस्था छैन । २०७२ सालमा पनि एक करिब १० दिनसम्म निरन्तर वर्षा हुँदा सयौँं भेडा मरेका थिए ।’

पाटन क्षेत्रमा चार महिना बसेर घर फर्किन्छन् भेडीगोठाला । जिल्लाका पाँचसय, माझखर्क, सुकदह, सुपाकुना, गाडखर्क, भुरिचुलालगायतका पाटनमा अस्थायी भेडीगोठ छन् । यहाँको भेडापालन पेसा पुर्ख्याैली । मुख्य आम्दानीको स्रोतका रूपमा भेडापालन व्यवसाय नै भएकाले जिल्लाका सबै गाउँबस्तीमा भेडापालन गर्ने गरेका छन् । जुम्लामा करिब ७४ हजारको हाराहारीमा भेडा रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतले बताए ।