मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ असार ५ शनिबार १०:२३:००
Read Time : < 1 मिनेट
खेलकुद

अर्जेन्टिनाको पहिलो जित

Read Time : < 1 मिनेट
२०७८ असार ५ शनिबार १०:२३:००

अर्जेन्टिनाले कोपा अमेरिका फुटबलमा पहिलो जित हात पारेको छ । शनिबार बिहान भएको खेलमा अर्जेटिनाले उरुग्वेलाई १–० ले पराजित गरेको हो । 

यो जितसँगै अर्जेन्टिनाले समूह एमा शीर्ष स्थानको चिलीसँगै अंक बराबर गरेको छ । चिली र अर्जेन्टिनाको दुई खेलबाट समान चार अंक भएको छ । ब्राजिलियास्थित गारिन्चा स्टेडियममा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन मिडफिल्डर गइदो रोड्रिगेजले खेलको १३औं मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । लियोनल मेसीले मैदानको बायाँ भागबाट क्रस गरेको बललाई रोड्रिगोले गोलमा परिणत गरेका थिए । उनको प्रहार उरुग्वेका गोलरक्षक फर्नान्डो मुस्लेराको हातमा लागेर गोलमा परिणत हुन पुगेको थियो ।

त्यसअघि चिलीले बोलिभियामाथि १–० कै अन्तरमा जित हात पारेको थियो । चिलिको जितमा बेन ब्रेरेटोनले निर्णायक गोल गरेका थिए । प्रतियोगिताको पहिलो खेलमा चिली र अर्जेन्टिनाले १–१ गोलको बराबरी खेलेका थिए । 

उक्त खेलपछि अर्जेन्टिनाले उरुग्वेविरुद्ध आफ्नो पूरै रक्षापक्ती परिवर्तन गरेको थियो । रक्षकहरु गोञ्जालो मोन्टिल, लुकास मार्टिनेज, निकोलास ताग्लिबफिकोलार्ई हटाएर उनीहरुको स्थानमा अर्जेन्टिनाले नाहुइल मोलिना, क्रिष्टियन रोमेरो र मार्काेस अकुनालाई अवसर दिएको थियो ।

लुइस स्वारेज, इडिसन काभानी जस्ता उत्कृष्ट स्ट्राइकर भएको उरुग्वेविरुद्ध अर्जेन्टिनाले खेल पूर्णरुपमा आफ्नो पकडमा रोखेको थियो । अर्जेन्टिनाका लागि गत नोभेम्बरदेखिको यो पहिलो जित हो । महत्वपूर्ण जितपछि अर्जेन्टिनाका मिडफिल्डर रोड्रिगो डी पलले आफ्नो टोली जितको हकदार भएको प्रतिकृया दिए । ‘आजको खेलमा हामीले सशक्त प्रदर्शन ग¥यौं । हामीसँग राम्रा खेलाडी छन् । यो खेलपछि हामी कुनै पनि टोलीविरुद्ध गोल गर्न सक्षम छौं भन्ने प्रमाणित भएको छ’, उनले भनेका छन्, ‘आजको खेलमा धेरै सुधार भएको छ । आगामी खेलमा अझ राम्रो प्रदर्शनको प्रयास गर्ने छौं ।’