मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार ४ शुक्रबार १५:४६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बैंकिङ कसुरका दोषी ६ वर्षपछि पक्राउ 

अदालतले साँढे एक करोड र तीन वर्ष कैद सजाय सुनुवाई गरेको थियो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार ४ शुक्रबार १५:४६:००

अदालतबाट दोषी ठहर भई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ललितपुर गोदावरी नगरपालिका १२ ठेचोका ४० वर्षीय हिरा महर्जन रहेका छन् ।

महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएका प्रहरी टोलीले उनलाई बिहीबार पक्राउ गरेको हो ।

बैंकिङ कसुरका दोषी उनलाई जिल्ला अदालत ललितपुरले एक करोड पन्ध्र लाख ३८ हजार रुपैयाँ र तीन वर्ष कैद सजाय हुने फैसला गरेको थियो । अदालतको  फैसलालगत्तै उनी फरार थिए । उनलाई अदालतले १५ पुस ०७२ मा दोषी करार गरेको  थियो ।