मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
सोनी राई सोलुखुम्बु
२०७८ असार ४ शुक्रबार १४:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्यटक फर्किएसँगै सुनसान खुम्बु

Read Time : < 1 मिनेट
सोनी राई सोलुखुम्बु
२०७८ असार ४ शुक्रबार १४:२८:००

पर्यटकीय क्षेत्र खुम्बु सुनसान बनेको छ । पर्यटकीय सिजन सकिएसँगै खुम्बु अहिले सुनसान बनेको हो । कोरोना महामारीका बीच पनि हजारौँ पर्यटकको आवागमनले व्यस्त बन्ने खुम्बु पर्यटक फर्किएसँगै सुनसान बनेको खुम्बुबाट ल्हाक्पा ग्याल्जेन शेर्पाले बताए । वसन्तयामको सगरमाथालगायतका हिमाल आरोहण सकिएको छ । 

मौसम प्रतिकूल बन्दा रोकिएका पर्यटक गाइडसमेत तेन्जिङ हिलारी विमानस्थलमा मौसममा सुधार भएपछि काठमाडौं फर्किएका छन् भने तल्लो क्षेत्रबाट रोजगारीका लागि खुम्बु पुगेका पर्यटक भरिया गाउँ फर्किएका छन् ।

अहिले खुम्बुमा आंशिक रूपमा स्थानियवासी रहेको लुक्लाका स्थानीय तोया श्रेष्ठले बताए । करिब दुई सिजन पर्यटक शून्य बनेको खुम्बुमा यो सिजनमा हजारौँ आन्तरिक तथा बाह्य पर्यटक पुगेका थिए । 

सगरमाथा राष्ट्रिय निकुञ्जअन्तर्गतको जोरसल्ले पोष्टका अनुसार खुम्बुमा सन् २०२१ को जनवरीमा ६८, फ्रेब्रुअरीमा ९६, मार्चमा पाँच सय ८६, अप्रिलमा एक हजार ६ सय ६१ र मे महिनामा तीन सय २४ जना पर्यटक पुगेका थिए । 

खुम्बु पासाङल्हामु गाउँपालिकाले खुम्बु प्रवेश गर्ने विदेशी पर्यटकबाट प्रतिव्यक्ति दुई  हजार रुपैयाँका दरले राजस्व संकलन गर्ने गरेको पालिकाले दुई हजार ६ सय ३२ पर्यटकबाट ५२ लाख ६४ हजार रुपैयाँ राजस्वसमेत संकलन सफल भएको छ ।