मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार ४ शुक्रबार १३:४०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राहत तथा उद्धारका लागि सिन्धुपाल्चोकका दुई पालिकालाई थप ५०–५० लाख दिने काठमाडौं महानगरको घोषणा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार ४ शुक्रबार १३:४०:००

काठमाडौं महानगरपालिकाले राहत तथा उद्धारका लागि सिन्धुपाल्चोकका थप दुई गाउँपालिका पाँचपोखरी थाङपाल र हेलम्बुलाई रु. ५०–५० लाख दिने घोषणा गरेको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नगर सभाको नवौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै काठमाडौं महानगरको तर्फबाट मेलम्ची नगरपालिकालाई रु. दुई करोड सहयोग गर्ने घोषणा गरिसकेका छन् । मेलम्ची नदीमा आएको बाढी त्यसले गरेको धनजनको क्षतिपछिको राहत तथा उद्धारका लागि सो रकम सहयोग गर्ने घोषणा गरेको प्रमुख शाक्यले जानकारी दिए ।

मेलम्ची नगरपालिका काठमाडौं महानगरसँग भगिनी सम्बन्ध स्थापित नगर हो । उक्त नगरलाई यसअघि पनि नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गत महानगरपालिकाले मेलम्ची नगरपालिका वडा नं. १० मेलम्चीबजार नजिक इन्द्रावती नदीको किनारमा जोडिएको स्थलमा पानीको फोहाेरा, हेलिप्याड, पर्यटक विश्रामस्थल, बालबालिका खेलकुद कक्षसहितको रमणीय तथा पर्यटकीय मेलम्ची सिटी पार्क निर्माणका लागि रु. १ करोड ५० लाख रकम अनुदान दिने सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो ।