१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार ३ बिहीबार १७:२८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

नेपालमा थप ३९ कोरोना संक्रमितको मृत्यु, २६०७ संक्रमित थपिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार ३ बिहीबार १७:२८:००

नेपालमा थप ३९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार साँझ सार्वजनिक गरेको विवरणअनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या आठ हजार पाँच सय ९७ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा दुई हजार ६ सय सातजना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो पटक १२ हजार चार सय ८४ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । 

यो अवधिमा दुई हजार एक सय ४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा संक्रमितमध्ये हालसम्म पाँच लाख ४५ हजार ६ सय ६२ जना डिस्चार्ज भएका छन् । निको हुने दर ८८.६ प्रतिशत रहेको छ  ।