Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ असार ३ बिहीबार १०:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

डाँका समूहद्वारा महोत्तरीमा पुनः लुटपाट, गोली लागेर एक गम्भीर

Read Time : < 1 मिनेट
२०७८ असार ३ बिहीबार १०:५४:००

महोत्तरीमा डाँका समूहले पछिल्लो समय आतंक मच्चाउँदै आएको छ । गत साता मात्रै महोत्तरीको लोहारपटटी नगरपालिकाको बजार क्षेत्रमै एकको घरमा लुटपाट गरी घरधनीलाई गोली हानी गम्भीर घाइते बनाएकोमा बिहीबार मध्यरातसमेत सोही प्रकृतिको घटना घटाएको छ । 

जिल्लाको सम्सी गाउँपालिका– १ पर्सा बजारदेखि करिब दुई सय मिटर उत्तर सम्सी गौशाला सडक खण्डमा पर्ने राजीव ज्वेलर्समा मध्यरात आएको लुटेरा समूहले गरगहना तथा नगद लुटपाट गरेकाे थियाे । त्यतिमात्र नभई सोही पसलको पछाडि अर्को घरमा बस्दै आएका पसल सञ्चालक र उनको परिवारलाई गोली र रड प्रहार गरी घाइते  बनाएको छ । पसल सञ्चालक वीरेन्द्र साहको ढाडमा गोली लागेको छ । उनकी श्रीमती सुशीलादेवी साह, छोरा २५ वर्षीय शम्भु साह, १७ वर्षीय राजीव साह र छोरी २० वर्षीया कञ्चनकुमारी साहलाई रडले हानेर घाइते बनाएको छ । 

उक्त अज्ञात लुटेरा समूहले गोली हानी घाइते बनाएका वीरेन्द्र साहलाई राति नै उपचारका लागि जनकपुरस्थित गोदावरी अस्पताल लगिएकोमा अवस्था गम्भीर भएपछि प्रादेशिक अस्पताल जनकपुरमा रेफर गरिएको छ भने परिवारका अन्य सदस्यहरूको समेत उपचार भइरहेको प्रहरीले जनाएको छ । यता लुटपाट गर्न आएका डाँका समूह घटनापश्चात् फरार रहेकोमा उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले बताए । 

पसलबाट नगद दुई लाख, सुन पाँच तोला र चाँदी एक सय ७२ तोला लुटिएको प्रारम्भिक जानकारी रहेको प्रहरीको भनाइ छ । कटुवा पेस्तोलसहित लुटपाट मच्चाउँदै आएको समूहलाई तत्काल पक्राउ गर्न स्थानीले माग गरेका छन् ।