Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नवीन पाण्डे, फुटबल विश्लेषक एवं अखिल नेपाल फुटबल संघका विदेश विभाग पूर्वप्रमुख
२०७८ असार ३ बिहीबार ०८:३८:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

युरोकपमा नेपाली नजर : प्रशिक्षकको रणनीति असफल हुँदा जर्मनीको हार

Read Time : > 1 मिनेट
२०७८ असार ३ बिहीबार ०८:३८:००

कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण लामो समयदेखि विभिन्न खाले बन्धनमा रहेका समर्थकहरू स्टेडियममा पुगेर खेल हेर्न पाए । फुटबल समर्थकका लागि यो खुसीको कुरा हो । त्यसमाथि युरोकप २०२० अन्तर्गत घरेलु मैदानको पहिलो खेलमा विश्व च्याम्पियन फ्रान्सविरुद्ध आफ्नो टोली जर्मनीको प्रतिस्पर्धा । जर्मन समर्थकको उत्साह यत्तिकै पनि उच्च थियो ।

तर, खेलको नतिजाले उत्साहित घरेलु दर्शकलाई निराश बनायो । जर्मनी आत्मघाती गोलमा फ्रान्ससँग १–० ले पराजित भयो । यो जर्मन समर्थकहरूले अपेक्षा गरेको नतिजा हैन । यो पराजयमा जर्मन खेलाडीको कमजोरीभन्दा पनि प्रशिक्षक योआखिम ल्वोभको रणनीति असफल भएको मान्छु । जर्मनीको मुख्य प्रशिक्षकका रूपमा उनको यो अन्तिम प्रतियोगिता हो । यो प्रतियोगितापछि उनले जिम्मेवारी छाड्दै छन् । त्यही भएर पनि होला, उनले केही पुराना खेलाडीहरूलाई यो प्रतियोगितामा समावेश गरेका छन् । जस्तै, इल्के गुन्दोगन, टोनी क्रुज, थोमस मुलर । उनीहरू राम्रै खेलाडी हुन् । उनीहरूले धेरै मिहिनेत गरेर खेले पनि । तर, उनीहरू आफ्नो जिम्मेवारीमा जति चुस्त हुनुपर्ने हो त्यति हुन सकेनन् । 

उनीहरूको स्थानमा युवा खेलाडीहरूले अवसर पाएको भए अझ राम्रो प्रदर्शन गर्न सक्थे । त्यसमाथि खेलको सुरुवातबाटै जर्मनीको रणनीति खेल सुहाउँदो भएन । फ्रान्सको आक्रमण बलियो छ । केलियन एम्बाप्पे, करिम बेम्जेमा, एन्टोइन ग्रिजम्यानलगायत स्ट्राइकर रहेको फ्रान्सको अगं्रपक्ति सशक्त छ । जर्मनीले त्यहीअनुसारको टिम तयार पारेको थियो । तर, फ्रान्सले सुरुवातबाटै आफ्नो रक्षापंक्ति बलियो बनाएर काउन्टरमा आक्रमण गर्ने प्रयास ग¥यो । त्यसमाथि जर्मनीले बीचबाट मात्रै खेल्ने प्रयास ग¥यो । जहाँबाट जर्मनीले फ्रान्सको रक्षापंक्ति तोड्न सकेन ।

जर्मनीले आफ्नै गल्तीमा गोल व्यहोर्न पुग्यो । लुकास हर्नान्डेजले क्रस गरेको बललाई क्लियर गर्ने प्रयास गर्दा माट्स हुमेल्सले आफ्नै पोस्टमा छिराउन पुगे । यो गोलमा हुमेल्सको भन्दा पनि एन्टोनियो रुडिगरको कमजोरी देख्छु । उसले मार्क गर्नुपर्ने खेलाडीलाई छाडेर अघि बढेपछि उसैले क्रस गरेको बल गोलमा परिणत भएको हो । 

पहिलो खेलको खराब नतिजाका बाबजुद जर्मनी फेरि प्रतियोगितामा सशक्त रूपमा फर्कने अपेक्षा गरेको छु । जर्मनीलाई प्रतियोगिताकेन्द्रित टोली हो पनि भन्छन् । प्रतियोगिता सुरु भएपछि एकपछि अर्काे खेलमा जर्मनीले सुधारिएको प्रदर्शन गर्छ । 

जर्मनीले अब पोर्चुगलसँग खेल्दै छ । अबको खेलमा जित हात पार्दै अघि बढ्नुपर्छ । पोर्चुगलविरुद्ध जर्मनीले नियमित राम्रो नतिजा आत्मसात् गर्दै आइरहेको छ । त्यसमाथि जर्मनीले पोर्चुगलसँग आफ्नो घरेलु मैदानमा खेल्दै छ । पोर्चुगललाई पराजित गरेको अवस्थामा जर्मनीको अझै अघि बढ्ने सम्भावना छ । 

(विश्लेषक पान्डे जर्मनी समर्थक हुन् ।)