१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ असार २ बुधबार १४:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाढीले मनाङको नासो गाउँपालिका कार्यालय, प्रहरी कार्यालय र बैंक बगायो

प्राइम बैंकका एक जना कर्मचारी सम्पर्क बिहीन

Read Time : < 1 मिनेट
२०७८ असार २ बुधबार १४:२५:००

अविरल वर्षासँगै आएको बाढीले हिमाली जिल्ला मनाङमा ठूलो क्षति पुर्‍याएको छ । बाढीले भौतिकसंरचना  बाढीले भत्काएको छ । नासो गाउँपालिकाका अध्यक्ष चन्द्र घलेका अनुसार  मनाङको नासो गाउँपालिका–३ धारापानीमा रहेको गाउँपालिकाको कार्यालय बुधबार बगाएको छ । उनका अनुसार गाउँपालिकाको कार्यालयसँगै धारापानीमा रहेको प्रहरीचौकी धारापानी, प्रभु बैंक, प्राइम कमर्सियल बैंक र पाँचवटा होटेल बाढीले बगाएको छ । साथै, नासो गाउँपालिकाको विभिन्न  खोलामा रहेको झोलुंगे पुलसमेत बगाएको छ । यस्तै, धारापानीमा रहेको प्राइम बैंकका एकजना कर्मचारी सम्पर्कविहीन भएकाले कर्मचारीको खोजी कार्य जारी रहेको छ ।

बाढीका कारण स्थानीय त्रासमा छन् । मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका स्थानीय हाल स्थानीयलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिएको छ । वर्षा निरन्तर भइरहेकाले मर्स्याङ्दी र दुधखोलाको  बहाव बढेपछि तल्लो धारापानीमा क्षति पुर्‍याएको हो ।

मर्स्याङ्दीले धारापानीमा रहेको कार्याल धारापानीसगै खोत्रो, तिल्चे, बगरछाप र दानक्यु  जोखिममा रहेको स्थानीय  थुतेन लामाले बताए । उनका अनुसार उक्त ठाउँमा बिजुली अवरुद्ध हुनुका साथै सञ्चारसमेत अवरुद्ध छ । बाढीले सडक बगाएकाले बेँसीसहर चामे सडक पूर्ण रूपमा बन्द भएको छ । मंगलबार मात्र नासो गाउँपालिका १  मा रहेको ताल गाउँका ६० घर विस्थापित भएका छन् भने मनाङको चामे गाउँपालिकाको करिब ७० घरपरिवार विस्थापित भएका छन् ।

मर्स्याङ्दी उर्लिंदा पहिरो गएको स्थानीयले बताएका छन् । स्थानीयको उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली सदरमुकाम चामेबाट धारापानीतर्फ आएको सशस्त्र प्रहरी बल नं। ३२ गुल्म, मनाङका गुल्मपति डिएसपी होमनाथ पन्थीले बताए ।