१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७८ असार २ बुधबार १०:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाढीले लमजुङ दोर्दीका १४ घर बगायो 

Read Time : < 1 मिनेट
२०७८ असार २ बुधबार १०:३९:००

सोमबारदेखि निरन्तर वर्षासँगै आएको बाढीले लमजुङका विभिन्न ठाउँमा क्षति पुराएको छ । बाढीले मर्स्याङ्दी गाउँपालिका र दोर्दी गाउँपालिकामा बढी नोक्सान पुर्‍याएको लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताए । 

उनले भने- 'मर्स्याङ्दी नदी र दोर्दी खोलामा पानीको बहाब बढेकाले नदी किनारका घरहरू उच्च जोखिममा छन्  ।' जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाका अनुसार भीषण वर्षासँगै आएको बाढीले दोर्दी गाउँपालिका-८ हिलेबजारमा सात  घर बगााएको छ भने एक घर डुबानमा परेको छ । हिलेबजारका स्थानीय हालनजिकैको विद्यालय भवनमा बसेका छन् ।  

दोर्दीखोलामा निर्माणाधीन जलविद्युत आयोजनामा क्षति

दोर्दीमा निर्माणाधीन५४ मेगावाटको सुपरदोर्दी 'ख' जलविद्युत आयोजनाको इन्टेक डुबानमा परेको छ भने हिमालयन पावर पार्टनर लिमिटेडले निर्माण गरिरहेको २७ मेगावाटको दोर्दीखोला जलविद्युत आयोजनाको पावर हाउस उच्च जोखिममा रहेको  छ ।

बाढीले दोर्दी  गाउँपालिका-६ किर्तिपुरमा कुखुराको खोर, मर्स्याङ्दी-४ च्याम्चेमा बंगुरसहितको खोर, मर्स्याङ्दीको खुदिमा रहेकाे पानी उधोग, एउटा रेस्टुरेन्ट, मर्स्याङ्दी गाउँपालिकामा रहेको सबडिभिजन वन कार्यालयसमेत बगाएको छ । 

यस्तै, बाघेता युवा क्लबले निर्माण गरेको खेलमैदान पनि बगाएको छ । पाउदीनजिकै मर्स्याङ्दी नदी–किनारमा रहेको शिद्धेश्वर बाढीले बगाएको डिएसपी थापाले बताए । उनका अनुसार बाढीले धेरै क्षति पुर्‍याएकाले विस्तृत जानकारी आउन बाँकी छ ।  

मर्स्याङ्दी नदी–किनार र दोर्दीखोला किनारमा रहेका तटीय बस्तीका मानिसहरूलाई सुरक्षित ठाउँमा बस्न प्रशासनले सूचना जारी गरेर अनुरोध गरेको छ । प्रहरीले पनि जोखिम क्षेत्रका स्थानीयलाई सुरक्षित ठाउँमा बस्न अनुरोध गरेको छ ।