मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार १ मंगलबार १८:५५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निषेधाज्ञामा फिटनेस सेन्टर खोल्ने सञ्चालक पक्राउ, एक लाख रुपैयाँ जरिवाना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार १ मंगलबार १८:५५:००

निषेधाज्ञाको समयमा निषेधित व्यवसाय गर्ने जिमखानादेखि फलफूल पसललाई जिल्ला प्रशासन कार्यालय काठमाडौं र प्रहरीले कारबाही गरेको छ । 

टेकुस्थित इलाइट फिटनेस सेन्टरका सञ्चालक र कामदारलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । सो फिटनेस सेन्टरका सञ्चालक गौतमबहादुर श्रेष्ठलाई एक लाख तथा कर्मचारी दीपक थापालाई पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ । 

निषेधाज्ञाको समयमा मान्छेहरू जम्मा गरी रोग फैलाउने काम गरेकाले उनलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय पठाइएकोमा जरिवाना भएको कालिमाटी वृत्तका डिएसपी अपिल बोहराले बताए । 

त्यस्तै, कुलेश्वरस्थित फलफूल पसलका सञ्चालक र कामदारलाई समेत प्रहरीले पक्राउ गरेको छ । पसल सञ्चालक सञ्जयकुमार गुप्ता तथा कामदारहरू दीपक पाँडे र राजकुमार सुनारलाई प्रहरीले पक्राउ गरेकोमा गुप्तालाई ५० हजार तथा दुवै कामदारलाई तीन–तीन हजार रुपैयाँ जरिवाना भएको छ । 

फलफूल पसल बिहान मात्र खोल्न पाइनेमा उनीहरूले दिनभरि खोलेको पाइएपछि प्रहरीले कारबाही गरेको हो ।