१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार १ मंगलबार १७:५६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

नेपालमा घट्दो क्रममा कोरोना संक्रमण र मृत्युदर, थप ४१ को मृत्यु, २७४५ संक्रमित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार १ मंगलबार १७:५६:००

नेपालमा कोरोना संक्रमण र मृत्युदर घट्दो क्रममा रहेको छ । मंगलबार थप ४१ संक्रमितको मृत्यु भएको छ भने दुई हजार सात सय ४५ नयाँ संक्रमित थपिएका छन् । 

सोमबार ५३ जना संक्रमितको मृत्यु भएको थियो भने दुई हजार नौ सय १८ संक्रमित थपिएका थिए । 

मंगलबार चार हजार एक सय ८७ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

हालसम्म पाँच लाख ४० हजार चार सय ३९ जना कोरोनामुक्त भएका छन् । निको हुने दर ८८.३ प्रतिशत पुगेको छ । 

हालसम्म देशभर आठ हजार पाँच सय ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।