Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
गणेश लम्साल विराटनगर
२०७८ असार १ मंगलबार १७:०५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रदेश १ मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत, प्राथमिकतामा स्वास्थ्य 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ असार १ मंगलबार १७:०५:००

प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेको छ । मंगलबार प्रदेश सभाको बैठकमा प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबुहाङले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाखकाे बजेट प्रस्तुत गरेका हुन् ।

मन्त्री आङबुहाङले आगामी वर्ष ३ दशमलव ६ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरिएको बताए । चालू आर्थिक वर्षको बजेट हालसम्म ४० प्रतिशत खर्च भइसकेको र असार मसान्तसम्म ६० प्रतिशत खर्च हुने उनले बताए । 

बजेटमा कोभिड संक्रमण रोकथाम, स्वास्थ्य उपचार र सेवामा विशेष जोड दिइएको छ । यसबाहेक रोजगारी वृद्धि र सुशासनमुखी सन्तुलित विकासमा पनि जोड दिइएको उनले बताए । 

प्रदेश १ सभामा २७ जेठमा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो । उक्त नीति कार्यक्रम ३० जेठमा बहुमतले पारित भएको थियो ।