मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ असार १ मंगलबार १२:३७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गण्डकीमा नीति तथा कार्यक्रममाथिको छलफल सुरु : आजै पारित गरेर आजै बजेट ल्याउने तयारी        

 ३१ अर्ब हाराहारीको बजेट आउँदै        

Read Time : > 1 मिनेट
२०७८ असार १ मंगलबार १२:३७:००

                                                                        

गण्डकी प्रदेश सरकारले सोमबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रममाथि प्रदेश सभा बैठकमा छलफल सुरु भएको छ । मंगलबार बसेको प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल सुरु भएको हो ।  बैठकमा सांसदहरूले आ–आफ्नो भनाइ राखिरहेका छन् ।  

गण्डकी प्रदेशमा शनिबार मात्र नयाँ सरकार गठन भएको थियो । सरकारले करिब दुई दिनको तयारीमा नीति तथा कार्यक्रम ल्याएको हो । प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेकी थिइन् । १ असारमा आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था रहेकाले सोमबार सार्वजनिक नीति तथा कार्यक्रम मंगलबारै पारित गरी मंगलबार नै बजेटसमेत सार्वजनिक गरिने भएको छ । 

नीति तथा कार्यक्रम पारित गरेर मात्र बजेट ल्याउनुपर्ने भएकाले सरकारले हतार हतारमा नीति तथा कार्यक्रम र बजेट ल्याउन लागेको हो ।  बजेट ल्याउनु १५ दिनअघि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रदेश सभा बैठकमा पेस गर्नुपर्ने हुन्छ ।

अघिल्लो सरकारले प्रदेश सभामा १७ जेठमा सो विधेयक पेस गरेसँगै  छलफलसमेत सकिएको छ । सोही विधेयकलाई आधार मानेर सोमबार नीति तथा कार्यक्रम ल्याइएको हो भने त्यसैलाई आधार मानेर मंगलबार बजेटसमेत ल्याइन लागेको हो । यसअघिको सरकारले तयार गरेको नीति तथा कार्यक्रम र बजेटमा केही थपघट गरी नयाँ सरकारले सार्वजनिक गर्न लागेको हो ।

प्रदेशको अर्थ मन्त्रालय स्रोतका अनुसार आगामी वर्षको लागि करिब ३१ अर्बको हाराहारीमा बजेट आउँदै छ । यो चालू वर्षको भन्दा करिब ३ अर्ब कम हो । ती कर्मचारीका अनुसार संघ सरकारले दिने अनुदानसँगै आन्तरिक आम्दानीमा समेत कमी आएकाले अघिल्लो वर्षको तुलनमा आउँदो वर्षको बजेट कम हुन आएको हो ।