मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ असार १ मंगलबार ०८:१३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मजदुरमा कोरोना देखिएपछि पूर्वराजाको चियाबगान बन्द

Read Time : < 1 मिनेट
२०७८ असार १ मंगलबार ०८:१३:००

अधिकांश मजदुरमा कोरोना संक्रमण देखिएपछि झापाको दमकस्थित पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको चियाबगान बन्द हुने भएको छ । बगानका मजदुरमा कोरोना संक्रमण फैलिएपछि सोमबारबाट एक साता बगान बन्द हुने भएको हो । 

पूर्वराजाको स्वामित्वमा रहेको हिमालय–महालक्ष्मी चियाबगान सोल्टी ग्रुपको व्यवस्थापनमा अहिले भारतीय व्यवसायीले लिजमा चलाउँदै छन् । सेवा–सुविधा नपाएको भन्दै ३२ दिनसम्म बगान बन्द गरेर महामारीमा मजदुरहरू आन्दोलनमा  उत्रिएका थिए ।

बगान सञ्चालन भएको करिब २ सातामै मजदुरमा कोरोना संक्रमण देखिएपछि बगान बन्द गर्नुपरेको भारतीय व्यवसायीले राखेका बगानका व्यवस्थापक माधव ठाकुरले जानकारी दिए । उनले भने, ‘शनिबार १ सयजनामा कोरोना परीक्षण गर्दा २० जनामा संक्रमण देखियो । दमक नगरपालिकाले बन्द गर्न पत्र लेखेको छ । हामी त्यहीअनुसार एक साता बन्द गर्छौँ ।’ 

बगानमा ३ सय १५ जना स्थायी र अन्य अस्थायी गरी ४ सयभन्दा बढी मजदुर कार्यरत रहेको उनले बताए । अहिले दोस्रो चरणको चिया टिप्ने समय थियो । यो समयमा चिया नटिपे कम्पनीलाई दैनिक ६ लाख रुपैयाँभन्दा बढी घाटा हुने उनले बताए । बगानमा कार्यरत अधिकांश मजदुरहरू बिरामी रहेको मजदुर नेता दीपक फँुयालले जानकारी दिए ।